शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला विश्वकप फाइनलः दक्षिण अफ्रिकाले तोड्ला अष्ट्रेलियाको दबदबा

महिला विश्वकप फाइनलः दक्षिण अफ्रिकाले तोड्ला अष्ट्रेलियाको दबदबा

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत फाइनल खेल आज हुँदैछ। दक्षिण अफ्रिकामा जारी महिला विश्पकपको फाइनल खेल केप टाउनमा आज राति पौने ७ बजेबाट सुरु हुनेछ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत फाइनल खेल आज हुँदैछ। दक्षिण अफ्रिकामा जारी महिला विश्पकपको फाइनल खेल केप टाउनमा आज राति पौने ७ बजेबाट सुरु हुनेछ।

National life

विश्वकपमा उपाधिका लागि अष्ट्रेलियाको महिला टिमले दक्षिण अफ्रिकाको सामना गर्नेछ। जहाँ, साविक विजेतासमेत रहेको अष्ट्रेलिया अब सर्वाधिक छैटौं उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको छ भने दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो।

अहिलेसम्म अष्ट्रेलियाले सन् २०१०, २०१२, २०१४, २०१८ र सन् २०२० को उपाधि जितिसकेको छ। यसअघिसम्म सात संस्करण सकिँदासम्म इंग्ल्यान्डले एक र वेस्ट इन्डिजले एक उपाधि जितेको छ। इन्डिया अघिल्लो संस्करणमा फाइनल पुगेर पनि हार बेहोरेको थियो।

दुई पटक फाइनल पुगेको न्युजिल्यान्डले पनि उपाधि जित्न सकेको छैन। सन् २०१० यताको हरेक विश्वकपमा अष्ट्रेलिया फाइनलमा पुगेको छ। 

यसअघिको सेमीफाइनल खेलमा आयोजक दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ७ रनले भेट्न नसकेपछि उसले हार बेहोरेको हो।

Laxmi sunrise bank

त्यसैले उसले फाइनलमा अष्ट्रेलियासँगको भेट पक्का गरेको हो। यता अर्को खेलमा पनि अष्ट्रेलियाले इन्डियालाई ५ रनले हराएको थियो। पहिलो सेमीफाइनल खेलमा अष्ट्रेलियाले १७२ रन बनाएको थियो भने जवाफमा इन्डियाले १६७ रन मात्र बनाउन सक्यो।

सो खेलमा हर्मनप्रित कौर रनआउट भएपछि त्यो कुराको धेरै चर्चा भइरहेको छ।

प्रकाशित: Feb 26, 2023| 09:25 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।