शनिबार, जेठ २, २०८३

बैठकबाट सरकारमा बस्ने नबस्ने बारे निर्णय लिँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संयुक्त बैठक बोलाएको प्रवक्ता एवंम प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। परिवर्तित राजनीतिक परिस्थितिबारेछलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए।

यसअघि शुक्रबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ। संयुक्त बैठकले सरकारमा बस्ने नस्नेबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: Feb 25, 2023| 08:10 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...