शनिबार, जेठ २, २०८३

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई ८ दलको समर्थन

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ।

National life

निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ताको समय तोकिएको छ।

मनोनयन दर्ताको पूर्वसन्ध्यामा शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन्। 

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको हो। ८ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन्।  

नेकपा एमालेले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘दाहाल’ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका थिए। अन्तत्वगत्वा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

प्रकाशित: Feb 25, 2023| 07:35 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...