काठमाडौं- युएइमा जारी आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध जित निकालेको छ। २६२ रनको बलियो लक्ष्य पेस गरेको नेपालले ९६ रनको जित निकालेको हो।
नेपाली यू-१९ टिमका आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धसतक बनाएपछि नेपालले विपक्षी सिंगापुरविरुद्ध २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जावाफमा सिंगापुरले ५० ओभरमा सात विकेट गुमाएर १६५ रन बनाएपछि नेपालले सानदार जित निकालेको हो।
आजैबाट सुरु भएको प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो। युएईको अजमानको इडेन गार्डेन ओभल मैदानमा आकाशले १ सय बल खेल्दै ७ चौका र १ छक्काका साथ ७८ रन बनाए। उनी ३४औं ओभरमा आउट हुँदा नेपालको स्कोर १ सय ४५ रन थियो। ब्याटर आकाशले अर्जुन कुमालसँग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरेर नेपालाई ठूलो स्कोरमा पुग्न सहयोग गरेका थिए। अर्जुनले पनि ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए।
कप्तान देव खनालले २१ रन, दीपक बोहरा ‘बी’ले १७, दीपक डुम्रेले १० र मिलन बोहराले ४ रन मात्र बनाउन सके। मध्य क्रममा विशालले अविजित ६३ रन बनाए। उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए। सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे। सिंगापुरका लागि अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिएका छन्।
जवाफमा सिंगापुरका आर्यन मोदीले ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। सिधान्त श्रीकान्तले ४४ रन जोड्दा अर्जुन नागपल र अभुद्य चाजेरले १४र१४ रन जोडे। यता नेपालका लागि हेमन्त धामी र सुबाश भण्डारीले २ र २ विकेट लिए। विशाल बिक्रम केसीले १ विकेट लिए।