शुक्रबार, कात्तिक ७, २०८२

न्यू डायमन्ड र एभरेस्ट फाइनलमा

आयोजक डायमन्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट मावि बुटवल काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।

Kumaribank

आयोजक डायमन्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

पुरानो नैकापस्थित न्यु डायमन्डको निर्माणाधीन कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एभरेस्टले ब्राइट फ्युचर माविलाई २५–१४, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

दोस्रो सेमिफाइनलमा आयोजक डायमन्डले आफ्नै कोर्टमा धादिङ स्पोर्ट्स क्लबलाई २५–११, २५–२० र २५–२३ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो। फाइनल शनिबार हुनेछ। शनिबारै तेस्रो र चौथो स्थानको लागि ब्राइट फ्युचर र धादिङबीच प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिपको विजेताले ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ। दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी पाउनेछ। उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। फागुन ९ गतेबाट सुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको छ।

Metro Mart

प्रकाशित: Feb 24, 2023| 21:15 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।