शुक्रबार, कात्तिक ७, २०८२

भद्रपुर गोल्डकप: एपिएफ 'सडनडेथ'मा भाग्यमानी सावित

आज भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

झापा- झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

Kumaribank

आज भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो। 

निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको हो। सडनडेथमा एपिएफले बङ्गलादेशी टोलीलाई ९–८ ले पराजित गरेको थियो।

जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ। खेलमा सुरुआती अग्रता लिएको काउवार्न बजार प्रगति सङ्घका लागि खेलको २१ औँ मिनेटमा साएरले गोल गरेका थिए। 

दोस्रो हाफपछि एपिएफका युवराज खड्काले ७२ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए। आजको खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भएका छन्। उनले २० हजार पुरस्कार पाए। 

Metro Mart

भोलिको पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ। गोल्डकपको विजेता टोलीले रु १३ लाख र उपविजेताले रु सात लाख पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए।


प्रकाशित: Feb 24, 2023| 18:54 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।