धनुषा- धनुषामा छिमेकीको निर्घात कुटपिटबाट एक जनाको मृत्यु भएको छ। क्षिरेश्वरनाथ नगरपालिका-६ बस्ने ४० वर्षीय टेङ्गा भन्ने ओम मलिकको छिमेकीको कुटपिटबाट कुटपिटबाट मृत्यु भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका मलिकको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
मलिकको हत्या गरेको अभियोगमा सोही स्थानका छिमेकी २६ वर्षीया रिन्की देवी रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
पुरानो रिसइबीको कारण रिन्की देवी, सोही ठाउँका २५ वर्षीय राकेश कुमार राय कुर्मी र २५ वर्षीय रवि कुमार राउतले साउन १८ गते मादक पदार्थ सेवन गरी मलिकलाई कुटपिट गरेका थिए।
कुटपिटको घटनापछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले रिन्कीलाई पक्राउ गरेको हो। हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।