शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-१९ विश्वकप छनोटः आकाश र विशालको अर्धसतकमा सिंगापुरलाई ठूलो लक्ष्य

यू-१९ विश्वकप छनोटः आकाश र विशालको अर्धसतकमा सिंगापुरलाई ठूलो लक्ष्य

नेपाली यू-१९ टिमका आकाश त्रिपाठी र विशालविक्रम केसीले अर्धशतक बनाएपछि नेपालले विपक्षि सिंगापुरविरुद्ध २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं-  काठमाडौं-  युएइमा जारी आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध बलियो लक्ष्य पेस गरेको छ। 

National life

नेपाली यू-१९ टिमका आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धसतक बनाएपछि नेपालले विपक्षी सिंगापुरविरुद्ध २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको हो।

आजैबाट सुरु भएको प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको छ। युएईको अजमानको इडेन गार्डेन ओभल मैदानमा आकाशले १ सय बल खेल्दै ७ चौका र १ छक्काका साथ ७८ रन बनाएका छन्। उनी ३४औं ओभरमा आउट हुँदा नेपालको स्कोर १ सय ४५ रन थियो। ब्याटर आकाशले अर्जुन कुमालसँग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरेर नेपालाई ठूलो स्कोरमा पुग्न सहयोग गरेका थिए। अर्जुनले पनि ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए।

कप्तान देव खनालले २१ रन, दीपक बोहरा ‘बी’ले १७, दीपक डुम्रेले १० र  मिलन बोहराले ४ रन मात्र बनाउन सके। मध्य क्रममा विशालले अविजित ६३ रन बनाए। उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए। सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे। सिंगापुरका लागि अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिएका छन्।

प्रकाशित: Feb 24, 2023| 15:20 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।