आइतबार, वैशाख १३, २०८३

र्‍याफ्टिङ र कायक च्याम्पियनसिपः कुन विधामा को बने विजेता?

भोटेकोसी नदिमा हिजो बिहीबार सम्पन्न भएको सातौं र्‍याफ्टिङ च्याम्पियनसिप र उहि समयमा संचालन गरिएको ११ औं कायक स्ललोम च्याम्पियनसिपमा महिला तर्फ फ्रिडम कायक एन्ड र्‍याफ्टिङ स्कुल र पुरुष तर्फ व्हाइट वाटर च्याम्पियन भएका छन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं – भोटेकोसी नदिमा हिजो बिहीबार सम्पन्न भएको सातौं र्‍याफ्टिङ च्याम्पियनसिप र उहि समयमा संचालन गरिएको ११ औं कायक स्ललोम च्याम्पियनसिपमा महिला तर्फ फ्रिडम कायक एन्ड र्‍याफ्टिङ स्कुल र पुरुष तर्फ व्हाइट वाटर च्याम्पियन भएका छन्।

National life

प्रतियोगितामा स्ललोम अन्तर्गत पुरुष विधामा काठमाडौंको व्हाइट वाटर नेपालले उपाधि जितेको छ। उसले यससँगै चार विधामा उपाधि जितेको हो। सोहि विधामा पेडल नेपालको बि टिम दोस्रो बन्दा पेडल नेपालकै ए टिम तेस्रो भएको छ। मेन्स हेड टू हेडको उपाधि पनि व्हाइट वाटर नेपालले नै जितेको छ। मेन्स हेड टू हेडमा नेपाल कायाक क्लब काठमाडौं दोस्रो भयो भने पेडल नेपाल पोखराको ए टिम तेस्रो भएको छ।

गएको बिहीबार सम्पन्न प्रतियोगितामा डाउन रिभर रेस मेन्सको उपाधि पनि व्हाइट वाटरले नै जितेको छ। उसले उपाधि जित्दा कायाक क्लब दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ। यता पुरुष स्प्रिन्टतर्फको उपाधि पनि व्हाइट वाटरले नै जितेको छ।

त्यस्तै, कायक स्ललोम महिलातर्फको उपाधि भने सुधा राईले जितेकी छन्। उनले सुस्मा कठेतलाई हराउँदै उपाधि जितेकी हुन।

महिलातर्फ भएको ओभरअल रेसमा फ्रिडम कायक एन्ड र्‍याफ्टिङ स्कुलको टिम बी ले जित निकालेको छ। स्थानीय टिम भोटोकोसी एडभेन्चर क्लब दोस्रो तथा फ्रिडम कायककै ए टिम तेस्रो भएको छ। यता सोहि विधाको पुरुषतर्फ भने व्हाइट वाटर विजेता भयो। समग्रमा एक हजार अंक पाएको छ व्हाइट वाटर प्रतियोगिताको राष्ट्रिय च्याम्पियनसमेत बनेको छ।

kumari

हरेक विधाका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरे। संघका कार्यवाहक अध्यक्ष राजिव श्रेष्ठ, एसियाली ¥याफ्टिङ तथा क्यानोइङका अध्यक्ष सलोमले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: Feb 24, 2023| 14:09 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।