शुक्रबार, फागुन १, २०८२

यू-१९ विश्वकप छनोटका लागि आज नेपालले सिंगापुरविरुद्ध खेल्दै

आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल बिहान १०:४५ देखि सुरु हुनेछ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल बिहान १०:४५ देखि सुरु हुनेछ। 

National life

नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ। सिंगापुर पनि प्रतियोगितामा नेपाललाई स्तब्ध पार्दै सुखद नतिजाको आशामा छ।

प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार मानिएको छ। नेपाली टोलीको कप्तानी देव खनालले गर्ने छन्। नेपालका लागि १० एकदिवसीय खेलिसकेका देवले विश्वकप छनोटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन चाहन्छन्।    

हालसम्म नेपालले सात यू–१९ विश्वकप खेलेको छ। सन् २०१६ यता भने नेपालले विश्वकपमा स्थान बनाउन सकेको छैन। यसपटक भने टोली विश्वकपको टिकट काट्ने लक्ष्यका साथ यूएई प्रस्थान गरिसकेको छ। टिम कप्तान देवले पनि नेपाललाई यू–१९ विश्वकपमा पुर्याउन पूरा कोसिस गर्ने बताएका छन्। 

उनले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताए। प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, हङकङ, कुवेत र यूएईको सहभागिता रहेको छ। 

Laxmi sunrise bank

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले श्रीलंकामा सन् २०२४ मा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ। नेपालले प्रतियोगितामा दोस्रो खेल शनिबार कुवेतविरुद्ध खेल्नेछ। 

नेपालको यू–१९ टोली : देव खनाल (कप्तान), अर्जुन कुमाल, दीपेश कँडेल (उपकप्तान), दीपक डुम्रे (विकेटकिपर), आकाश त्रिपाठी, दीपक बोहरा, दिपक बोहरा, उत्तम थापामगर (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा।

प्रकाशित: Feb 24, 2023| 08:05 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।