शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सिरिज विजेता खेलाडीलाई सरकारको तर्फबाट जनही दुई लाख पुरस्कार

सिरिज विजेता खेलाडीलाई सरकारको तर्फबाट जनही दुई लाख पुरस्कार

बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुसाग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- सरकारले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ। 

National life

बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुसाग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

उनले हालै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख रुपैयाँ दिने घोषणा गरे। त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले चारवटै खेल जितेर सिरिज क्लिन स्वीप गरेको थियो।

नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २-२ खेलमा विजय हात पारेको हो। यस्तै नेपालले लगातार चार खेलमा जित निकालेको पनि यो पहिलोपटक हो। ‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ। यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो। यसपटक सबै खेल जितेर तपाईंहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भूमिका खेल्नुभएको छ। नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही दुई लाख रुपैयाँ दिने घोषणा गर्छु,’ प्रधानमन्त्री दाहालले भने।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत अर्को साता यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि जाँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आज यूएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ।

Laxmi sunrise bank

टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन्। नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ। नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुवात गर्नेछ। मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ। मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ।

यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ सेख, प्रतिश जीसी र श्याम (मौसम) ढकाल छन्।

प्रकाशित: Feb 23, 2023| 16:36 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।