शुक्रबार, फागुन १, २०८२

च्याम्पियन्स लिगमा इन्टरको जित, बराबरीमा रोकियो सिटी

यूइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा इालियन क्लब इन्टर मिलानले पोर्चुगलको क्लब पोर्टोमाथि संघर्षपूर्ण जित निकालेको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं– यूइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा इालियन क्लब इन्टर मिलानले पोर्चुगलको क्लब पोर्टोमाथि संघर्षपूर्ण जित निकालेको छ।

National life

इन्टरकै सान सिरो रंगशालामा सम्पन्न भएको खेलमा उसले १० खेलाडीमा समेटिएको पोर्टोलाई १–० ले हराएको हो। पोर्टोका ओटाभियोले खेलको ७८ औं मिनेटमा रातो कार्ड पाएको आठ मिनेटपछि इन्टरका रोमेलु लुकाकूले गोल गदै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

यता विपक्षीको पोस्टमा १० प्रहार गरे पनि पोर्टोले गोल गर्न सकेन। बुधबार राति नै जर्मन क्लब लाइप्जिकको रंगशालामा भएको खेलमा भने प्रिमियर क्लब म्यानचेस्टर सिटी १–१ को बराबरीमा रोकिएको छ।

खेलको २७ औं मिनेटमा सिटीका लागि रियाद महरेजले गोल गरेर अग्रता दिलाए पनि ७० औं मिनेटमा लाइप्जिकका जिस्को जिवार्डिओलले गोल फर्काएका थिए।

अब अीन्तम १६ अन्तर्गत यि दुई टिमको अर्को लेगको खेल मार्च १५ मा हुनेछ। त्यो खेलमा जित निकालेको नजितासँग समग्रमा निकालेको नतिजाले क्वार्टरफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।

Laxmi sunrise bank

प्रकाशित: Feb 23, 2023| 07:45 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।