बुधबार, कात्तिक ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० स्पट फिक्सिङ: आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

टी-२० स्पट फिक्सिङ: आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले महबुब आलम र मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहाको आदेश दिएको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाका तीन आरोपितलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

Kumaribank

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले महबुब आलम र मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहाको आदेश दिएको हो। जनही तीन लाख रुपैयाँ धरौटी उनीहरुसँग माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फागुन ५ गते मुद्दा दर्ता गरेको थियो। प्रतिवादी पाँच जनामध्ये अन्य दुई फरार छन्।

प्रहरीले घटनामा मुख्य योजनाकार लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई मुद्धा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिललाई दिएको थियो। तर उनीविरुद्ध भने अदालतमा मुद्दा दर्ता भएको छैन।

पुस ९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। फिक्सिङमा विदेशी खेलाडीको पनि सहभागी देखिएको थियो।

Metro Mart

प्रकाशित: Feb 22, 2023| 20:40 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।