शुक्रबार, फागुन १, २०८२

सूर्य नेपाल वेस्टर्न ओपन सुरु

सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ‌ संस्करण हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२२–०२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि हिमालयन गल्फ कोर्समा सुरु हुँदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ‌ संस्करण हो।

National life

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर खेलाडीले भाग लिनेछन्। दुई दिनको खेलपछि २१ उत्कृष्ट प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन्।

शनिबार हुने प्रो–एमसँगै प्रतियोगिता सकिनेछ। पोखरा र देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्न आतुर रहनेछन्। नेपालकै सुन्दर गल्फ कोर्समा तीन दिन शीर्ष खेलाडीको परीक्षा हुनेछ। यसपटक प्रतियोगिताको पुरस्कार राशि वृद्धि भएको छ।

अहिले पुरस्कार धनराशि आठ लाख पुर्याइएको छ। विजेताले एक लाख ४० हजार रुपैयाँ र उपविजेताले ९० हजार रुपैयाँ पाउनेछन्। यसैगरी, प्रतियोगितामा तेस्रो हुने खेलाडीले ६७ हजार रुपैयाँ हात पार्नेछन्। 

नेपाल नम्बर एक व्यावसायिक खेलाडी शुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताका प्रमुख दाबेदार हुन्। 

Laxmi sunrise bank

प्रकाशित: Feb 22, 2023| 19:00 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।