शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिकेट खेलको विदेश प्रतिबन्ध फुकुवा माग्दै सर्वोच्च जाने भए सन्दीप

क्रिकेट खेलको विदेश प्रतिबन्ध फुकुवा माग्दै सर्वोच्च जाने भए सन्दीप

त्रिदेशीय सिरिजमा क्लिनस्वीप गरेको नेपालले आगामी साता गर्ने युएई भ्रमणलाई लिएर सन्दीपले प्रतिबन्ध फुकुवा माग गर्दै सर्वोच्चको ढोका ढकढक्याउने निर्णयमा पुगेका हुन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिग बलात्कार आरोपको दाग लागेपछि काठमाडौं जिल्ला अदालतको आदेशले जेल सजाय काटे। जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटन पुगेपछि लामिछाने धरौटीमा रिहा भए।

उच्च अदालतले नाबालिग बलात्कार मुद्दाको अन्तिम छिनोफानो नहुन्जेल विदेश जान प्रतिबन्ध लगाएको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथिको खेल प्रतिबन्ध फुकुवा गर्दै उनलाई आईसीसी विश्वकप लिग २ मा खेलाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा लामिछानेले चार विकेट लिएर सनसनी मच्याए। यद्यपि, नाबालिग बलात्कारको आरोप लागेका उनलाई पक्राउ गर्नुपर्ने मागसहित सरकार गत दुई साताअघि सर्वोच्च अदालत पुगिसकेको छ।

जेसुकै भए पनि स्कटल्यान्डविरुद्धको खेलमा नेपाललाई कीर्तिमानी जित दिलाउन सन्दीपको भूमिका पनि अहं रह्यो। स्वदेशमा क्रिकेटप्रेमीमाझ औधी रुचाइएका सन्दीपले विदेशमा क्रिकेट खेल्न लागेको प्रतिबन्ध हटाउनुपर्ने माग लिएर सर्वोच्च अदालत जाने भएका छन्।

उच्च अदालत पाटनले दिएको आदेश बदर गर्न माग गर्दै सन्दीप सर्वोच्च जाने भएका हु्न्। 

उच्च अदालतले उनलाई काठमाडौं उपत्यका छाड्दासमेत प्रहरीसँग अनुमति लिनुपर्ने आदेश दिएको छ। उपत्यकाबाहिर जाँदा सन्दीपले प्रहरीसँग अनुमति लिनुपर्छ र लिइसकेका उनका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताए। 

उनले भने, ‘प्रतिवादीको पनि गोपनीयताको कुरा हुन्छ। केही मिडियाले जसरी आरोपितका रुपमा प्रस्तुत गरिरहेका छन्, त्यो गलत हो। सन्दीपले कस्तो खेले, हेरिँदै। हात मिलाए÷नमिलाएको विषयलाई बढाइचढाइ गरियो। अपराधी करार भइसकेका छैनन् उनी।’ 

उच्च अदालत पाटनले २० लाख नगद धरौटी माग गरेकामा घटाउनसमेत उनले सर्वोच्चमा निवदेन दिने भएका छन्। तीन महिना जेलबासमा परेर रिहा भएका सन्दीप त्रिदेशीय सिरिजमा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन्। 

त्रिदेशीय सिरिजमा क्लिनस्वीप गरेको नेपालले आगामी साता युएई भ्रमण गर्दै छ। त्यहाँ नेपालले पपुवान्युगिनी र युएईसँग २÷२ खेल खेल्नेछ। विदेश भ्रमणमा लागेको प्रतिबन्ध हटाउन उनले सर्वोच्च जाने निर्णय लिएका हुन्।

प्रकाशित: Feb 22, 2023| 12:52 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।