शनिबार, भदौ १३, २०८३

विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टिमको विदाई

आउँदो फागुन १२ देखि सुरु हुने छनोटमा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं –  आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) र राष्ट्रिय खेलकुद परिषद् राखेपले बुधबार बिदाइ गरेका छन्।

अब विश्वकप छनोट खेल्नका लागि नेपाली टोली बुधबार(आजै) यूएईतर्फ जाने क्यानले बताएको छ। नेपाली यू १९ को टोलीको रुपमा यसअघि गुल्सन झालाई कप्तानीको जिम्मेवारी दिइएको थियो। तर, उनी नेपाली सिनियर टिमसँग लिग २ को प्रतियोगिता खेल्न जाने भएपछि अब यू १९ टिमको कप्तान देव खनालले गर्ने भएका छन्। देव खनालले औषत प्रदर्शन गरे पनि उनी पछिल्लो समय सिनियर टिममा बोलाइन छोडेका छन्।

यसबारे क्यानले उनको खेलको लय बिग्रिएको कारण दिने गरेको छ। उनले यसअघि पनि यू-१९ टिमको कप्तानी गरिसकेका छन्।

मुख्य प्रशिक्षकमा जगत टमटा रहेको टिमलाई आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्।

आउँदो फागुन १२ देखि सुरु हुने छनोटमा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ। छनोटमा नेपालले पहिलो खेल १२ गते सिंगापुरविरुद्ध खेल्ने रहेको छ। त्यस्तै, १३  गते कुवेतसँग खेल हुनेछ भेन १५ गते हङकङविरुद्ध नेपालले खेल्ने तालिका रहेको छ। १६ गते मलेसिया र आउँदो १८ गते नोलले अन्तिम खेलमा घरेलु टोलीविरुद्ध खेल्ने पक्का छ।

एक दिवसीयका यि सबै खेलहरु नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टिमः

देव खनाल (कप्तान) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा र आकाश चन्द

प्रकाशित: Feb 22, 2023| 12:37 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।