शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला विश्वकपः दक्षिण अफ्रिका सेमिफाइनलमा, बंगलादेश र पाकिस्तानको हार

महिला विश्वकपः दक्षिण अफ्रिका सेमिफाइनलमा, बंगलादेश र पाकिस्तानको हार

बंगलादेशले पहिलो खेलमा श्रीलंका, दोस्रोमा अष्ट्रेलिया(समूह विजेता) र तेस्रोमा न्युजिल्यान्डसँग हार बेहोरेको थियो। मंगलबार रातिको खेलमा भने उसले आयोजक टिमसँग हार बेहोरेको हो
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आइसिसि महिला विश्वकपको आफ्नो अन्तिम खेलमा हार बेहोर्दै बंगलादेश विश्वकपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा आयोजक टिमसँग १० विकेटले पराजित भएपछि अंकविहिन हुँदै बंगलादेश बाहिरिएको हो।

National life

बंगलादेशले चारमध्ये चारै खेलमा हार बेहोरेको छ। उसले पहिलो खेलमा श्रीलंका, दोस्रोमा अष्ट्रेलिया(समूह विजेता) र तेस्रोमा न्युजिल्यान्डसँग हार बेहोरेको थियो। मंगलबार रातिको खेलमा भने उसले आयोजक टिमसँग हार बेहोरेको हो।

यता बंगलादेशलाई हराएको दक्षिण अफ्रिका भने विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम देश बनेको छ। यता दक्षिण अफ्रिकाले भने चार खेलबाट चार अंक जोड्दै रन रेटको आधारमा सेमीफाइनलमा स्थान बनाएको हो।

समूह ए को विजेता अष्ट्रेलियाले आठ अंक बनाए पनि दक्षिण अफ्रिकासँगै, न्युजिल्यान्ड र श्रीलंकाले पनि समान ४–४ अंक बनाएका थिए। तर आयोजक टिम भाग्यमानी रह्यो।

यता मंगलबार रातिकै अर्को खेलमा भने पाकिस्तानलाई समूह बीको समूह विजेता पाकिस्तानले हराएको छ। पाकिस्तानको महिला टिमलाई इंग्ल्यान्डले ११४ रनले हराएको हो। खेलमा इंग्ल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर २१३ रन बनाएको थियो। जवाफमा पाकिस्तानले ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो।

Laxmi sunrise bank

अब विश्वकपको सेमिफाइनलमा भोली राति अष्ट्रेलियाले इन्डियाको सामना गर्नेछ। आउँदो शुक्रबार राति हुने खेलमा भने आयोजक दक्षिण अफ्रिकाले इंग्ल्यान्डको सामना गर्ने छ।

प्रकाशित: Feb 22, 2023| 11:05 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।