बुधबार, कात्तिक ५, २०८२

ठाकुरबाबालाई खो–खोको उपाधि

भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले हात पारेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

भक्तपुर- भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले हात पारेको छ।

Kumaribank

स्थानीय सहिद स्मृति खेलमैदानमा यही फागुन ५ गतेदेखि सुरु भई मङ्गलबार सम्पन्न प्रतियोगितामा उपाधि हात पार्दै ठाकुरबाबा नगरपालिकाले नगद एक लाख ५० हजारसहित ट्रफी हात पारेको हो। प्रतियोगितामा दोस्रो हुने कीर्तिपुर नगरपालिकाले एक लाख नगदसहित ट्रफी र तेस्रो हुने धनगढी उपमहानगरपालिकाले ५० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन्।

नगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण समारोहमा सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार, ट्रफी र खेलाडीलाई पदक प्रदान गरे।

विभिन्न जिल्लाबाट कुल १३ नगरपालिकाको १४ टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले नगद पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गरे।

सांसद सुवालले नेपालको संविधान संशोधन गरेरै भए पनि संविधानमा खेलकुदलाई मौलिक हकमा समावेश गर्नुपर्ने र १८ वर्षभन्दा माथिका हरेक नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने बताए। देशका विभिन्न ठाउँमा सीमा अतिक्रमण भइरहेको तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अहिलेसम्म पनि नेपाली सैनिक र प्रहरी नपुगेको बताउँदै उनले देशको सीमा तथा सार्वभौमिकता रक्षा गर्न अनुशासित र देशभक्त नागरिक तयार गर्नुपर्ने उनको भनाइ थियो।

Metro Mart

त्यसअवसरमा नगरप्रमुख प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाका लागि आफ्नो ज्यानको आहुति दिएका महान सहिदको बलिदानको स्मरणस्वरूप भक्तपुर नपाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो–खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने गरी प्रतियोगिताको आयोजना गरेको बताए।

बागमती प्रदेशसभा सदस्य सिर्जना सैँजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्य, भनपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले खो–खो खेलको महत्त्व, आवश्यकता र राज्यको दायित्वका बारेमा चर्चा गरेका थिए।

प्रकाशित: Feb 22, 2023| 06:41 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।