शुक्रबार, फागुन १, २०८२

४५ खेलाडी सहभागी हुने नेपाल वेस्टर्न ओपन भोलिदेखि

५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिनेछन्। दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन्
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको सूर्य नेपाल वेस्टर्न ओपन भोलिदेखि हिमालयन गल्फ कोर्स पोखरामा सुरु हुने भएको छ। वेस्टर्न ओपनको २३औं‌ संस्करण भोलिबाट गर्न लागेको आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसनले जानकारी दिएको हो। 

National life

 ‘५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिनेछन्। दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन्,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

शनिबार हुने प्रो–एमसँगै प्रतियोगिता सकिने आयोजकले जानएको छ। ‘विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिक रूपमा सुन्दर यो गल्फ कोर्समा तीन दिन शीर्ष खेलाडीको परीक्षा हुनेछ। यो पटक प्रतियोगिताको कुल नगद पुरस्कार राशी वृद्धि गरेर आठ लाख पुर्याइएको छ। विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहेने खेलाडीले पनि नगद हात पार्नेछन्,’ आयोजले विज्ञप्तिमा लेखेको छ।

प्रतियोगितामा नेपाल नम्बर एक व्यवसायिक खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार रहेका छन्। सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यो प्रतियोगिताबाट प्रोफेसनल करियरको यात्रा सुरू गर्दैछन्। 

यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ रयाङ्किङ अन्तर्गत रहेको र एमेच्योर खेलाडीले आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अङ्क प्राप्त गर्न सक्ने आयोजले जानकारी दिएको छ। 

Laxmi sunrise bank

६९ पारको १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दोर्याएर खेल्नु पनि चुनौतीपुर्ण रहनेछ। जसले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। विश्व प्रसिद्ध म्यागेजिन, गल्फ डाइजेस्टले यो कोर्सलाई विश्वको सबैभन्दा साहसिक मध्येको एक गल्फ कोर्सको रूपमा मूल्याङ्कन गरेको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: Feb 21, 2023| 19:45 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।