शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सन्दीपसँग हात नमिलाएको प्रसंगमा स्कटिस प्रशिक्षकले भने- हिंसासँग सम्झौता गर्दैनौं

सन्दीपसँग हात नमिलाएको प्रसंगमा स्कटिस प्रशिक्षकले भने- हिंसासँग सम्झौता गर्दैनौं

क्रिकेटको गभिर्निङ संघको रुपमा रहेको कारण हामीले निर्णय गरेका थियौँ कि कुनै प्रकारको हिंसालाई समर्थन गर्नु हुँदैन।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं – स्कटल्यान्डका खेलाडीले पछिल्लो खेलमा बलात्कार आरोप लागेर धरौटिमा थुनामुक्त भएका क्रिकेटर सन्दिप लामिछानेसँग खेलपछि हात मिलाएनन्।

National life

धेरै विवादका बाबजुद पनि नेपाल क्रिकेट संघ(क्यान) को छनोट समितिले आरोपी सन्दीपलाई राष्ट्रिय टिममा राखेको थियो। त्यसपछि स्कटल्यान्डको क्रिकेट बोर्डले सन्दीपसँग खेलपछि हात नमिलाउने योजना बनाएको हो। यो विषयलाई लिइर सामाजिक सञ्जालमा धेरै विवाद भइरहेको छ।

हात नमिलाउनुको कारण के हो भन्ने प्रश्नमा स्कटल्यान्डका प्रशिक्षक सेन बर्गरले हिंसासँग सम्झौता गर्नु नहुने बताएका छन्। उनले भनेका छन्, ‘क्रिकेटको गभिर्निङ संघको रुपमा रहेको कारण हामीले निर्णय गरेका थियौँ कि कुनै प्रकारको हिंसालाई समर्थन गर्नु हुँदैन। हामी यो कुरामा सम्झौता गर्दैनौँ र हामी स्ट्यान्ड लिन्छौं।’

उनले अगाडि भने, ‘त्यसपछि हामीले हात निमलाउने निर्णय लिएको हो। त्यो निर्णयलाई हामीले टिममा संचार गरेका थियौँ। सबैले यो कुरालाई स्विकार गरेका थिए। हामी समाजको रोल मोडेल भएर नकारात्मक कुराको प्रचार गर्न मिल्दैन। हामी हाम्रो गोलमा आत्मविश्वस्त छौं।’

उनले लिग २ को शृंखला लामो भए पनि आफ्नो लागि महत्वपूर्ण रहेको बताए। स्कटल्यान्ड क्रिकेटको लागि यो उनको अन्तिम खेल रह्यो। उनले स्कटल्यान्डलाई विजेता लिग २ को विजेता बनाएका छन्।

Laxmi sunrise bank

अन्तिम खेलमा खेलाडीले उनीसँग हात नमिलाए पनि अफिसियलले भने हात मिलाएका थिए।

प्रकाशित: Feb 21, 2023| 19:23 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।