शनिबार, वैशाख ८, २०८१

त्रिवि मैदानमा फर्किएको समर्थकको खुसी

शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- काठमाडौंको त्रिवी क्रिकेट मैदानमा आज सम्पन्न भएको नेपाल स्कटल्यानड नाबिया सिरिजका चारै खेलमा नेपालले जित निकालेको छ। शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।

triton college

जित निकाल्दाखेरीको पललाई नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले बयान गरेका छन्। ‘अन्तिममा हामीलाई चार रन चाहिएको थियो। करणसँग सल्लाह थियो कि एक/एक रन गरेर जितौं। तर खुट्टामै बल आयो अनि चौका हानेँ।’

आजको खेलमा रोहितले अविजित ९५ रन बनाउँदै कमजोर अवस्थाबाट नेपालाई जित दिलाएका थिए। खेलमा सुरुबाटै ब्याटिङ लाइन धरमराएपछि नेपाल १८ ओभरमै पाँच विकेट गुमाएर कमजोर अवस्थामा थियो। ‘पाँच विकेट अनि छ विकेट जाँदा दबाब फिल भइरहेको थियो। पछि फेरि करण आएपछि विकेट जान रोकियो। र, जित्ने आशा पलायो,’ खेलपछि रोहितले भनेका छन्, ‘यहाँ (त्रिवी मैदानमा) खेल्दा टसको भूमिका महत्वपूर्ण हुन्छ। हामी भाग्यमानी रह्यौं। दबाब नलिएर खेल्नका लागि प्रशिक्षकले भन्नु भएको थियो।’

रोहितका अनुसार आज त्रिवी मैदानको विकेट ट्रिकी थियो र बल टर्न भइरहेको थियो। सायद त्यहि भएर हुनुपर्छ केही सटमा खेलाडी डिसमिसल भए। तर दबाबको सामना गर्दै एक/एक खेल जित्दै अघि बढ्ने रोहितको सोच रहेको छ।

corrent noodles
Metro Mart

 ‘एक पटकमा एक खेललाई विश्वास गरेर खेल्ने योजना हुन्छ। आउन लागेको यूएई सिरिजमा पनि एक एक खेल गरेर हामी अघि जाने योजनामा छौं। त्यतिबेला टिममा स्पिनरको अभाव हुन्छ। खेलाडी छनोटबारे पनि कुरा भइरहेको छ,’ रोहितले भने।

अहिले त्रिवी क्रिकेट मैदानमा लामो समयपछि समर्थकको खुसी फर्किएको छ। त्यो खुसीमा रोहितको इनिङ पनि सम्मिलित भएको छ। ‘यो पनि राम्रो विजयी इनिङ भन्न सकिन्छ,’ उनले भनेका छन्, ‘आज ९५ रन भयो। त्यतिबेला मलाई सेन्चुरी भन्दा पनि म जितका लागि धेरै खुसी भएँ। सतक नबनेकोमा दुखी भइन। ओभर टन्नै बाँकी थियो। रेन्जमा आएको बल क्लियर गर्ने बाँकी बल सिंगल र डबल खेल्ने योजनाका साथ खेलिरहेको हामीले कमजोर अवास्थाबाट पनि जित निकाल्यौँ।’

खेलपछिको कुराकानीमा प्रशिक्षक मोन्टी देशाईले नेपाली खेलाडीले आफूले भनेको कुरा चाँडै सिकिरहेको कारण जित निस्किएको बताएका छन्। उनले भने, ‘प्रशिक्षणमा छोटो समय मात्र रह्यो। मैले बताएका कुराहरुलाई उनीहरुले कसरी संचार लिइरहेको छन् भन्ने कुरा हो। उनीहरु सिक्नको लागि हंगर छन्। तर सबै कुरा मिल्नको लागि समय लाग्न पनि सक्छ। एक कुरा के थाहा छ भने उनीहरुले जोसँग पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। सबै नतिजा हाम्रा फेवरमा भयो। यो प्रोसेसले भएको हो।’

 उनले खेलाडीमा खेल भावनाको आवश्यक रहेको बताएका छन्। उनले भने, ‘खेलाडीमा एटिच्युट आवश्यक छ। यो ३०० बलको ब्याटल हो। आज बलले धेरै राम्रो गरिरहेको थियो बलिङमा राम्रो पार्टनरसिप भएको थियो।’

उनले खेलमा के सिक्यौँ भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताएका छन्। साथै उलने मैदान राम्रो रहेको बताउँदै मैदान राम्रो बनाउनका लागि मैदानका कर्मचारीलाई धन्यवाद दिएका छन्। अब नेपाली टिमले दुबईको लागि योजना बनाइरहेको बताएका छन्। ‘हामी टिममा काम गरिरहेका छौं। र, अगाडि के हुन्छ थाहा छैन्। नजानेको दिशामा अघि बढिरहेका छौं। तर पनि हाम्रो योजना र तयारीको ब्लुप्रिन्ट हामीसँग छ।’

तर अब युएईको सिरिज सहज छैन। त्यहाँ खेलाडीले समर्थकको साथ पाउने छैनन्। यद्यपी खेल हेर्नका लागि केही मानिस आउने मोन्टीले आशा राखेका छन्। भन्छन्, ‘म त यूएईमा पनि राम्रो क्राउड आउन भन्ने लागेको छ। भारतको खेल हुँदा पनि धेरै क्राउड आउँछ जब दुबईमा खेल हुन्छ। हामी त्यहाँ पनि धेरै समर्थकको आशा गर्दछौं।’

आजको खेलमा स्कटल्यान्डले हार बेहोरे पनि उसले लिग २ को उपाधि जितेको छ। स्कटल्यान्डका कप्तान बेरिङटनले आज आफ्नो टिमको दिन राम्रो नभएको बताए। 

उनले लिगको सार बताएका छन, ‘लिग २ लाई समराइज गर्न पर्दा, यो राम्रो प्रतियोगिता भयो। हामीले फरक/फरक अवस्थामा फरक टिमविरुद्ध खेल्यौँ। समग्रमा सबै सिरिज।

 आजको खेल सकिएसँगै स्कटल्यान्डले लिग २ का सबै खेल पुरा गरेको छ। अब नेपालले भने अझै दुई शृंखला खेल्न बाँकी रहेको छ।

स्कटल्यान्डका कप्तान बेरिङटनले भने, ‘हामीले धेरै लामो जर्नी पुरा गरेका छौं। अन्तिम सिरिज चाहिँ सोचेको जस्तो भएन। नेपाल घरेलु मैदानमा खेलिरहेको थियो। सबै खेल टफ थियो। सजिलो थिएन्। राम्रो स्थान मा खेल्यौँ। हाम्रो लागि यो वातावरण फरक रह्यो। यो टफ च्यालेन्ज थियो। राम्रो अनुभव रह्यो,’ उनले भने, ‘घरेलु मैदानमा खेल्दा केही फरक अनुभव हुन्छ।। डोमिनेट गर्नका लागि गाह्रो हुन्छ। तर उविरुद्ध खेल्न ठूलो चुनौति हो। मलाई लाग्छ नेपाल ग्रेट टिम हो। उनीहरुले गजबको सिरिज खेलेका छन्।’

प्रकाशित: Feb 21, 2023| 19:10 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।