मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसी विश्वकप लिग २: त्रिकोणात्मक सिरिजमाथि नेपालको क्लीन स्वीप

Siddartha premir insuranceSiddartha premir insurance

आईसीसी विश्वकप लिग २: त्रिकोणात्मक सिरिजमाथि नेपालको क्लीन स्वीप

अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ नेपालले सिरिज क्लीन स्वीप गरेको हो।
 |  मंगलबार, फागुन ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– नेपालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमाथि क्लीन स्वीप गरेको छ। मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ नेपालले सिरिज क्लीन स्वीप गरेको हो।

triton college

नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकालेको हो। कप्तान रोहित पौडेलले उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्त्वपूर्ण जित दिलाए। हार नजिक पुगेको नेपाली टिमलाई बचाउने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे।

लगातार चौथो पटक टस जितेपछि नेपालले चौथो पटक नै फिल्डिङ रोजेको थियो। सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटिएको थियो।

नेपालका कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा १३८ रनमै ८ विकेट गुमाउन पुगेकामा रोहितले नेपाललाई हारबाट जोगाए।  स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली बनेको छ।

प्रकाशित: Feb 21, 2023| 16:47 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।