शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसी विश्वकप लिग–२, स्कटल्यान्डविरुद्ध नेपालले लियो पाँच विकेट

आईसीसी विश्वकप लिग–२, स्कटल्यान्डविरुद्ध नेपालले लियो पाँच विकेट

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउँदा १२४ रन जोडेको छ।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेट लिएको छ। नेपाली क्रिकेटर सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका हुन्।

National life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले २३ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा १२४ रन बनाएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउँदा १२४ रन जोडेको छ। नेपाली टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशीलाई भित्र्याइएको छ। 

लिग–२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग–२ को  शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्नुपर्ने चुनौती छ।

सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। नेपालले स्कटल्यान्डलाई हराएको थियो।

Laxmi sunrise bank

प्रकाशित: Feb 21, 2023| 11:21 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।