काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मेदानमा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्। सन्दीपले ७ ओभर ५औं बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन्।
कोट्जर २३ रन बनाएर आउट भए। स्कटल्यान्डले ८ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ।