आइतबार, मंसिर २८, २०८२

टस जितेर बलिङ रोज्यो नेपालले

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

आईसीसी विश्वकप लिग २ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

National life

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपाल आजको खेलमा जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा छ। यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो। नेपालले नामिबियाविरुद्धको दुबै खेलहरू जितेको थियो। मंगलबार स्कटल्यान्डलाई हराउन सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ।

लिग २ मा नेपाल २७ खेलमा २४ अङ्कका साथ छैटौँ स्थानमा छ भने स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कका साथ शीर्ष स्थानमा छ।

प्रकाशित: Feb 21, 2023| 08:43 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।