शुक्रबार, फागुन १, २०८२

शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

एक दिवसीय क्रिकेटको चार वर्षे विश्वकप चक्र अन्तर्गको लिग २ मा नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित सिरिजको यो अन्तिम खेलसमेत हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- काठमाडौंमा जारी लिग २ को नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज घरेलु टिमले स्कटल्यान्डको सामना गर्दैछ।

National life

एक दिवसीय क्रिकेटको चार वर्षे विश्वकप चक्र अन्तर्गको लिग २ मा नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित सिरिजको यो अन्तिम खेलसमेत हो। यसअघि यी तिनै टिम सम्मिलित भएको सिरिज नामिबिया र स्कटल्यान्डमा सम्पन्न भइसकेको छ।

अन्तिम सिरिजको रुपमा नेपालले आयोजना गरेपछि लिग २ को फाइनल खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। यता आजको खेल स्कटल्यान्डको लिग २ मा अन्तिम खेलसमेत हो। तीन खेलअघि नै च्याम्पियन भइसकेको स्कटल्यान्डले यसअघि ३५ खेलबाट ५० अंक बटुलिसकेको छ।

यता, स्कटल्यान्डका प्रशिक्षक शेन बर्गरका लागि पनि राष्ट्रिय टिमबाट यो अन्तिम खेल हो। त्यसैले आजको खेलमा स्कटल्यान्ड सान्त्वना जित निकाल्न चहान्छ। भलै यो जित वा हारले उसलाई केही प्रभाव पर्नेवाला भने छैन। यता एक दिवसीय मान्यता जोगाउनै धौधौ परिरहेको नेपालका लागि भने बाँकी सबै जितहरु धेरै आवश्यक छ। यता, घरेलु शृंखलामा नेपालले स्कटल्यान्डलाई हराए पनि यसअघिका सबै शृंखलामा नेपालले स्कटल्यान्डविरुद्ध एक मात्र जित निकालेको थियो।

यता नमिबियाविरुद्ध पनि खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन। स्कटल्यान्डमा सम्पन्न शृंखलामा त नेपालले कुनै खेलमा पनि जित निकाल्न सकेको थिएन। त्यही शृंखलापछि प्रशिक्षक पुबुदु दाशानायके र नेपाल क्रिकेट संघले आपसी समझदारीमा प्रशिक्षकको सम्झौता रद्द गरेका थिए।

Laxmi sunrise bank

यता घरेलु मैदानमा भएको जारी लिगमा भने नेपालले हार बेहोरेको छैन। त्यसैले नेपाल आजको खेलमा पनि जितलाई निरन्तरता दिन चहान्छ। यद्यपी लिगलिडर स्कटल्यान्डविरुद्धको खेल सहज भने छैन्।

हिजोको जितसँगै स्कटल्यान्डले ३५ खेलबाट ५० अंक बनाएको छ। एक खेल बाँकी रहेको स्कटल्यान्ड तीन खेल अगावै विजेतासमेत बनिसकेको छ। दोस्रो स्थानको ओमनको ४४ अंक छ भने नामिबियाको ३७, अमेरिकाको ३५ र यूएईको २७ अंक छ। नेपाल यूएईभन्दा तीन अंकले पछि छ।

अब नेपालले यो शृंखलापछि यूएईमा पिएनजीसमेत संलग्न हुने त्रिकोणात्मक शृंखला खेल्नेछ। त्यो खेल विदेशी मैदानमा हुने भएकाले नेपालाई जित सहज हुने छैन। त्यसैले यो खेलमा जित निकाल्न दबाब रहेको छ।

प्रकाशित: Feb 21, 2023| 07:27 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।