बुधबार, कात्तिक ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसी विश्वकप लिग-२: नामिबिया सबै खेलमा पराजित, स्कटल्यान्डको ५० अंक

आईसीसी विश्वकप लिग-२: नामिबिया सबै खेलमा पराजित, स्कटल्यान्डको ५० अंक

यसअघि नेपालसँगका दुवै खेलमा हार बेहोरेको नामिबिया आज स्कटल्यान्डसँग पराजित भएसँगै शृंखलाका सबै खेलमा पराजित भएको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक शृंखलाका सबै खेलमा नामिबिया पराजित भएको छ। यसअघि नेपालसँगका दुवै खेलमा हार बेहोरेको नामिबिया आज स्कटल्यान्डसँग पराजित भएसँगै शृंखलाका सबै खेलमा पराजित भएको हो।

Kumaribank

यसअघि तीन वर्षअघि नेपालमा सम्पन्न भएको शृंखलामा अमेरिका पनि सबै खेलमा पराजित भएको थियो। अहिले भने नामिबिया जितविहिन बनेको हो। आजको खेलमा २२२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नामिबिया ३८ ओभर चार बलमा सबै विकेट गुमाएर १७८ रनमा समेटिएपछि स्कटल्यान्डले ४३ रनको जित निकालेको हो।

स्कटल्यान्डको यो दोस्रो जितसमेत हो। तीन खेल खेलिसकेको स्कटल्यान्डले यसअघि नेपालसँग मात्र हार बेहोरेको थियो। आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डका क्रिस्टोफर म्याकब्रिडले ४७, थोमस म्याकिन्तोसले ३४ रन बनाएका थिए भने कप्तान बेरिङटोनले ३२ रनको योगदान दिएका थिए। यससँगै स्कटल्यान्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २२१ रन बनाएको थियो।

त्यक्रममा नामिबियाका रुबिन ट्रुम्पलमनले पाँच विकेट गिराएका छन्। उनी खेलमा म्यान अफ दि म्याचसमेत बने। नामिबियाका लागि तेन्गेनी लुन्गामेनीले पनि दुई विकेट लिएका थिए।

जवाफमा नामिबियाका ओपनर लो आन्द्रे लाउरेन्सले ५२ रन बनाए भने गेरहर्ड इरसमसले पनि ४३ रनको योगदान दिए। स्कटल्यान्डका लागि मार्क वाटले चार तथा माइकल लिस्कले तीन विकेट गिराएका थिए। यो शृंखलामा माइकलले निकै सानदार प्रदर्शन गरेका छन्।

Metro Mart

पहिलो खेलमा चार विकेट लिएका उनले दोस्रोमा एक, तेस्रोमा पनि तीन विकेट लिएका थिए। त्यस्तै नेपालविरुद्ध उनले १०७ रन बनाएका थिए भने नामिबियाविरुद्ध २९  रन बनाएका छन्।

यो जितसँगै स्कटल्यान्डले ३५ खेलबाट ५० अंक बनाएको छ। लिग २ मा अब उसको एक खेल मात्र बाँकी रहेको छ। तीन खेल अगावै स्कटल्यान्ड लिग २ को विजेतासमेत बनिसकेको छ। दोस्रो स्थानको ओमनको ४४ अंक छ भने नामिबियाको ३७, अमेरिकाको ३५ र यूएईको २७ अंक रहेको छ। नेपाल यूएईभन्दा तीन अंकले पछि रहेको छ।

भोलि हुने शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ।

प्रकाशित: Feb 20, 2023| 17:36 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।