मंगलबार, वैशाख ३०, २०८२

कांग्रेस नेता भण्डारीलाई प्राकृतिक श्वास–प्रश्वासको ट्रायलमा लगियो

सोमबार बिहान मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो।
 |  सोमबार, फागुन ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

vianetvianet

काठमाडौं– भारतको मुम्बईमा उपचारत कांग्रेस नेता चन्द्र भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झरेको छ। सोहीअनुसार उनलाई सोमबार कृत्रिम अक्सिजनलाई शून्य प्रतिशतमा झारेर प्राकृतिक रूपमा श्वास–प्रश्वासको ट्रायलमा लगिएको अस्पताल परिसरबाट सहयोगी योगराज कँडेलले १० बजेको स्वास्थ्य बुलेटिनबारे जानकारी दिएका हुन्। 

triton college

सोमबार बिहान भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ। मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो। 

यस्तै, मुम्बईमा रहेका अर्का सहयोगी माधव न्यौपानेले सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा लेखेका छन्, ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ।’ भण्डारीको स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको उनले जनाएका छन्। ‘स्वास्थ्य पारामिटर नर्मल छन्। सुन्निएको भाग घट्दै गएको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन्। 

भण्डारीलाई आइतबारबाट नलीमार्फत खाना दिन सुरु गरिएकामा सोमबार बिहान डिहाइड्रेसनका कारण पिसाब कम भएको थियो। त्यसपछि डिहाइड्रेसनका कारण तरलताको मात्रा बढाउन थालिएको डाक्टरले बताएको कँडेलको भनाइ छ।

उनका अनुसार भण्डारीको पिसाबको मात्रा र अन्य पारामिटरसमेत नर्मल रहेको छ। आइतबार दिउँसो भण्डारीको छातीको फिजियो गरिएपछि यतिबेला उनले सिसा बाहिरबाट हेर्दा आँखा खुला राखेको देखिएको कँडेलले जानकारी दिए। भण्डारीको मुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेजस्तो देखिन थालेको कँडेलले बताए। 

National life insurance

काठमाडौंको बुद्धनगरस्थित निवासमा गत बुधबार साढे १० बजे राती खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी हुँदा गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो।

प्रकाशित: Feb 20, 2023| 11:18 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्