मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय वरियता खेलाडीको ब्याडमिन्टन प्रतियोगितामा ह्याट्रिकसहित प्रिन्सलाई उपाधि

Siddartha premir insuranceSiddartha premir insurance

राष्ट्रिय वरियता खेलाडीको ब्याडमिन्टन प्रतियोगितामा ह्याट्रिकसहित प्रिन्सलाई उपाधि

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधि उचालेका हुन्।
 |  आइतबार, फागुन ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधि उचाल्न सफल भएका छन्। 

triton college

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधि उचालेका हुन्। प्रिन्टले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापाधी उचालेका हुन्। 

पहिलो सेट सहज जित निकालेका दाहालले दोस्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए। प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोस्रो जित हो। यस अघि इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्टले उपाधि उचालेका थिए। यस विधामा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेस्रो भए। 

विजयी भएबापत प्रिन्टले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यस्तै उपविजेता प्रफुलले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने विष्णु कटुवाल र रुकेश महर्जनले क्रमशः १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। 

विजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए। नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शीर्ष १२ वरीयता भित्रको एकल तर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी उपाधी विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधि हात पारेकी हुन्। 

Metro Mart
vianet

अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोस्रो जित हो। यस विधाको तेस्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रसिला महर्जन र प्राथना देउवा रहे। विजयी अनुमाया राईले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यस्तै उपविजेता जेशिका गुरुङ्गले नगद २८ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने रसिला महर्जनले नगद १२ हजार ५ सय र प्राथना देउवाले नगद ११ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। 

लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने छ। पुरुषको शीर्ष १६ वरीयता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधि हात पारे। थापाले लिनथेपलाई २१–१५, २१–१३ ले पराजित गरेका थिए। आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेस्रो स्थानमा चित्त बुझाए। महिला शीर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकाल्दै उपाधि कब्जा गरेकी हुन्। 

पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेस्रो भए। पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउदले जित हात पार्दै उपाधि उचाले। साउदले फाइनलमा आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन्। आर्मीका कबिर के.सी. र दाङका सनौला रैनी संयुक्त तेस्रो भए। महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीकी टिशा रानी शाक्यलाई २१–१०, २१–१६ ले पराजित गर्दै उपाधि कब्जा गरिन्। 

कास्कीकी निभा राई र ताप्लेजुङकी नुमा लिम्बुले संयुक्त तेस्रो स्थान प्राप्त गरे। पुरुष ४५ वर्ष माथिको प्रतिस्पर्धामा काठमाडौंका सञ्जय कपाली र श्याम लामाको जोडीले उपाधि जिते। कपाली र लामाको जोडीले कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २२–२४, २१–१२, २१–१६ ले पराजित गर्दै उपाधि जितेका हुन्। सुनसरीका भजनलाल चौधरी र इटहरीका सन्त तामाङ तथा बेलबारीका दीपक आङ्गदम्बे र मोरङका विकास श्रेष्ठको जोडी संयुक्त तेस्रो भए। पुरुष ५५ वर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र सञ्जय भक्तराजको जोडीले जित हात पार्दै उपाधि उचाले। फाइनलमा आङ्गदम्बे र भक्तराजको जोडीले कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीलाई १७–२१, २१–११, २१–१० ले पराजित गरेका हुन्। 

बीबीसीका केशव कार्की र आर.के. सिंहको जोडी तथा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी संयुक्त तेस्रो भए। शहिद रङ्गशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको थियो भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग थियो। प्रतियोगिताको सह प्रायोजकमा विराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेको थियो भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने व्यवस्था गरेको थियो। 

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा शीर्ष १६ वरियतामा रहेका पुरुष एकल, शीर्ष १२ वरियतामा रहेका महिला एकल, शीर्ष १६ वरीयता बाहेकका पुरुष एकल, शीर्ष १२ वरीयता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी १० विधामा करिब १९२ खेलाडीहरुको सहभागिता रहेको थियो। करिब २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशि ५ लाख ९८ हजार रहेको छ।

जसअन्तर्गत शीर्ष १६ वरीयता पुरुष र शीर्ष १२ वरीयता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा भएको थियो। यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तिकै नगद १ हजार ५ सय प्राप्त गरे। यसै गरी लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गरे। 

क्वाटरफाइनल जित्ने खेलाडीले थप ८ हजार, सेमिफाइनल जित्ने खेलाडीले थप १६ हजार जिते। फाइनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गरे। यस्तै उच्च वरीयता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रकाशित: Feb 19, 2023| 19:25 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।