बुधबार, कात्तिक ५, २०८२

भद्रपुर झापा गोल्डकपः आयोजक टिमले भारतको जयगाउँलाई हरायो

सहिद स्मारक ए डिभिज क्लब खुमलटारका अधिकांश खेलाडी अनुबन्ध गरेर प्रतियोगितामा उत्रिएको भद्रपुरले विजयी सुरुआत गरेको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- झापामा हिजोबाट सुरु भएको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्जलेजर्सले २–० को जित निकालेको छ। सहिद स्मारक ए डिभिज क्लब खुमलटारका अधिकांश खेलाडी अनुबन्ध गरेर प्रतियोगितामा उत्रिएको भद्रपुरले विजयी सुरुआत गरेको हो।

Kumaribank

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको भए पनि ५५औं मिनेटमा आयोजक टिमका विदेशी खेलाडी स्टेफेन समिरले गोल गरेका थिए। मेसुके ओलुमेउको पासमा उनले गोल गरेका हुन्।

त्यस्तै, खेलको ८०औं मिनेटमा मेसुकले नै गोल गरेका थिए। उनी खेलको म्यान अफ दि म्याचसमेत बने। खेलको धेरै समय जयगाउँले दबाब बनाए पनि गोल गर्न भने सकेन।

नकआउट शैलीबाट भइरहेको गोल्डकपअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले अर्को ए डिभिजन क्लब चर्च बोइजको सामना गर्नेछ।

प्रकाशित: Feb 20, 2023| 09:16 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।