शुक्रबार, फागुन १, २०८२

प्रिमियर लिगमा युनाइटेड र टोटेनहमको जित

युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न भएको खेलमा उसले लेस्टरविरुद्ध रहज जित निकालेको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० ले हराएको छ। युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न भएको खेलमा उसले लेस्टरविरुद्ध रहज जित निकालेको हो।

National life

मार्कस रासफर्डले चम्किएको खेलमा युनाइटेडले सुरुआतमै अग्रता बनाएको थियो। उनले ब्रुनो फर्नान्डेसको पासमा खेलको २५औं मिनेटमै अग्रता बनाएका थिए। युनाइटेडले पहिलो हाफमा यति नै गोल गर्न सक्यो।

दोस्रो हाफको ५६ औं मिनेटमा फ्रेडको पासमा रासफर्डले अर्को गोल गरेका थिए। त्यस्तै, फर्नान्डेसले पास उपलब्ध गराएपछि जाडन सान्चोले खेलको ६१औं मिनेटका तेस्रो गोल गरेका थिए।

गएरातिकै अर्को खेलमा भने टोटेनहमले वेस्ट ह्यामलाई २–० ले हराएको छ। टोटेनहमका लागि एमर्सन रोयल र सन ह्युङ मिनले समान १–१ गोल गरेपछि टोटेनहमले जित निकालेको हो।

गएरातिको जितसँगै शीर्ष तीनका लागि टोटेनहम र युनाइटेडको प्रतिस्पर्धा चलिरहेको गएरको छ। तेस्रो स्थानको युनाइटेडको ४९ अंक छ भने चौथो स्थानको युनाइटटेडेका ४२ अंक रहेको छ। यद्यपी युनाइटेड केही अघि देखिन्छ। यता पराजित वेस्ट हाम रेलिगेसन क्षेत्रमा छ भने लेस्टर १४ औं स्थानमा छ।

Laxmi sunrise bank

प्रकाशित: Feb 20, 2023| 08:51 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।