बुधबार, कात्तिक ५, २०८२

लिग २ मा आज स्कटल्यान्ड र नामिबिया भिड्दै

गएको फागुन २ गतेबाट नेपालमा सुरु भएको लिगमा सोमबार नामिबियाले अन्तिम खेलमा सहभागीता जनाउन लागेको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नामिबियाले स्कटल्यान्डको सामना गर्दैछ।

Kumaribank

गएको फागुन २ गतेबाट नेपालमा सुरु भएको लिगमा सोमबार नामिबियाले अन्तिम खेलमा सहभागीता जनाउन लागेको हो। जारी लिगमा नामिबियाले कुनै खेलमा पनि जित निकाल्न सकेको छैन। तालिकाको तेस्रो स्थानमा रहेको नामिबिया दोस्रो स्थानमा पुग्ने लक्ष्यका साथ नेपाल आएको थियो।

तर उसले लगातार तीन खेलमा हार बेहोरेसँगै अब उसको दोस्रो स्थानमा पुग्ने सम्भावनाको अन्त्य भएको छ। साथै नामिबियाले आज ३५ मध्येको ३४औं खेल खेल्न लागेको हो। यता स्कटल्यान्डले पनि लिगमा दुई खेल मात्र बँचाएको छ।

त्यसैले नामिबिया यो लिगको सान्त्वना जितको लक्ष्यमा हुनेछ। यता स्कटल्यान्ड भने शीर्षस्थानमा अंकको अग्रता अझै बढाउन चहान्छ। 

स्कटल्यान्डका प्रशिक्षकको लागि नेपाल भ्रमण नै अन्तिम हो। त्यसैले उनी बाँकी खेलमा भने जित निकाल्न चहान्छन्। लिग २ को जारी त्रिकोणात्मक शृंखलाअन्तर्गतको अन्तिम खेल भोली हुनेछ।

Metro Mart

प्रकाशित: Feb 20, 2023| 08:37 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।