शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय ब्याडमिन्टन: महिला युगलमा प्राथना र अनुमायालाई उपाधी

राष्ट्रिय ब्याडमिन्टन: महिला युगलमा प्राथना र अनुमायालाई उपाधी

‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता– २०२३’ महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई पराजित गर्दै त्रिभुवन आर्मीका प्राथना देउवा र अनुमाया राईले उपाधी उचाले।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता– २०२३’ महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई पराजित गर्दै त्रिभुवन आर्मीका प्राथना देउवा र अनुमाया राईले उपाधी उचाले।

देउवा र राईको जोडीले गौचन र लम्सालके जोडीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन्। तृतीय स्थानमा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडी रहेको थियो।

पुरुष युगल तर्फको खेलमा आर्मीका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई पराजित गर्दै पुरुष युगल तर्फको उपाधी उचाले। बिष्णु र प्रिन्सको जोडीले बिजीत र जीवनको जोडीलाई १४–२१, २१–९, २१–१७ ले पराजित गरेका हुन्। आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी संयुक्त तेश्रो भए।

प्रकाशित: Feb 19, 2023| 19:35 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।