बिहीबार, फागुन २८, २०८२

कानमा हुने संक्रमणबाट कसरी जोगिने?

धेरै मानिसमा कान दुख्ने समस्या हुन्छ। तर,हामीले यसलाई बेवास्ता गरिरहेका हुन्छौ। हुनत कानको दुखाई आम समस्या हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- धेरै मानिसमा कान दुख्ने समस्या हुन्छ। तर,हामीले यसलाई बेवास्ता गरिरहेका हुन्छौ। हुनत कानको दुखाई आम समस्या हो।

National life

खासगरी हवाई तथा सडक यात्राको क्रममा धेरैको कान दुख्ने गर्छ। स–साना बाललिकामा कानको दुखाई बढी हुन्छ।

किन दुख्छ कान?

कान दुख्ने धेरै कारण हुनसक्छ। त्यसमा मुख्य कारणहरु निम्न छन्ः

१. कानमा इन्फेक्सन वा कुनै एलर्जी भयो भने कान दुख्ने गर्छ।

Laxmi sunrise bank
kumari

२. कानमा मैला जम्मा भयो भने पनि कान दुख्न सक्छ।

३. कानभित्र पानी परेमा समेत कानको दुखाई हुनसक्छ।

४. कानमा किरा पस्यो वा कुनै कुरा बिझ्यो भनेपनि कान दुख्ने गर्छ।

कान दुख्नुको अवाला अन्य विभिन्न रोगका कारणले पनि कानमा समस्या हुनसक्छ। कानको रोगको लक्षणमा कान कम सुन्नु, कान चिलाउनु, कान दुख्नु र कानमा भारिपन महसुश हुनु मुख्य हुन्।

कानको दुखाई वा संक्रमणबाट बच्न के गर्ने?

१. सफा नीमको पातको रसको केही थोपा कानमा हालेमा इन्फेक्सनमा उपयोगी हुन्छ।

२. दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पातको रस केही थोपा कानमा हालेमा कानको दुखाईका साथै इन्फेक्सन कम हुन्छ।

३. सस्र्युको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केही थोपा कानमा हालेमा कानको समस्यामा राहत दिन्छ । लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ।

४. जैतुनको तेलको केही थोपा कानमा राखेमा दुखाईमा रामबाणको काम गर्छ।

५. कानको दुखाई कम गर्न प्याजको रस प्रयोग पनि उत्तम हुन्छ।

प्रकाशित: Feb 20, 2023| 07:30 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्