बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोहोरोले हानी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

लोहोरोले हानी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

कास्की- ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका-२ बाँझाखेतका ६५ वर्षीय श्रीराम कामी छन्। मंगलबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो। 

श्रीरामले मादक पदार्थ सेवन गरी श्रीमायाको टाउकोमा लोहोरोले हानेका थिए। लोहोरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमायाको स्थानीय स्वास्थ्य चौकीमा उचपार हुन नसकेपछि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि श्रीरामलाई वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: Aug 11, 2021| 08:36 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।