शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • चुनावी तालमेलको 'मनिटरिङ' गर्ने जिम्मा पौडेललाई, श्रीलंकामा औषधिको चरम अभाव [२०७८-१२-२२]

चुनावी तालमेलको 'मनिटरिङ' गर्ने जिम्मा पौडेललाई, श्रीलंकामा औषधिको चरम अभाव [२०७८-१२-२२]

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

आचारसंहिता पालना गर्न दलहरू प्रतिबद्ध

triton college

आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। 

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलवार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो। 

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरुले छलफल बिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए। 

corrent noodles
Metro Mart

नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न तयार रहेको बताउनुभयो। पूर्ण रुपमा आचारसंहिता पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिएको बताएका छन। 

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो गरे।  

निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिने भएपनि आचारसंहिता विपरित दलहरुले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उनको भनाई छ। 

नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरुलाई हेपाहा प्रवृत्ति देखाएको बताए। 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ।

तालमेल मनिटरिङको जिम्मा पौडेललाई

आसन्न स्थानीय तह निर्वाचनको मोडालिटी तयार गर्न बसेको पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनले चुनावी तालमेलको ‘मनिटरिङ’ गर्न छुट्टै संयन्त्र बनाउने निर्णय गरेको छ। 

संयन्त्रको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय भएको नेकपा समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए।

पौडेल नेतृत्वको संयन्त्रमा कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देव गुरुङ सदस्य रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई र रेणु यादव, जनमोर्चाबाट हिमाल पुरी सदस्य रहनेछन्।

‘चुनावी तालमेलको केन्द्रबाटै मनिटर गर्ने भन्ने भएको छ। त्यसका लागि संयन्त्र बनाउने र रामचन्द्र पौडेलजीलाई संयोजक बनाउने निर्णय भएको छ,’ खनालले भने, ‘संयन्त्रमा अन्य दलबाट सदस्य बन्नेछन्।’ 

जनमोर्चाकी नेतृ दुर्गा पौडेलका अनुसार रामचन्द्र नेतृत्वको संयन्त्रले निर्वाचन परिचालन, तयारी र अनुगमनको काम गर्नेछ। 

खनालका अनुसार प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणबारे बैठकमा जानकारी गराएका थिए। यस्तै बिग्रँदो अर्थतन्त्रबारे समेत बैठकमा छलफल भएको छ। 

‘अहिले देशको आर्थिक अवस्था संकटग्रस्त भएको छ। त्यसकारण विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारका उपाय अवलम्बन गर्नेतर्फ अघि बढ्नुपर्नेमा हामीले जोड दिएका छौं,’ पौडेलले भनिन्।

चुनावी तालमेलका सन्दर्भमा भने गठबन्धनले स्थानीय तहसम्मै गठित संयन्त्रले २५ गतेसम्म प्रतिवेदन बुझाउने र त्यसपछि मात्रै मोडालिटीमा छलफल गर्ने भएको छ। 

किशोरीको हत्या साथीबाटै

उदयपुरको बेलका नगरपालिकास्थित बुद्धचोककी १७ वर्षीया कविता सुनुवारको हत्या साथीबाटै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

घटनामा संलग्न भएको आशंकामा उदयपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रमुख इन्सपेक्टर तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले कविताको हत्यामा साथीकै संलग्नता देखाएको छ। यतिखेर प्रहरीले कविताकै दुईजना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

पक्राउ पर्नेमा भारत सिक्किमको बियुङ घर भई बेलका- ३ स्थित, जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र बेलका- ३ नाबालिग छन्। 

विद्यालयमा नियमित रुपमा अध्ययनरत छात्राको विद्यालय आउने क्रममा बाटोमा भएको यो क्रुर र हिंस्रक घटनाप्रति विद्यालयले भर्त्सना र निन्दा गरेको छ। 

(यो घटनासँग सम्बन्धित विस्तृत रिपोर्ट नेपाल समय डटकममा पढ्न सकिनेछ।)

सुख्खा बन्दरगाह सञ्चालनमा 

काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले मालवाहक गाडी भित्राउँदै उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा आएको हो। उद्घाटनको क्रममा काठमाडौंका लागि मालवस्तु बोकेर आएका ३ वटा कन्टेनर भित्राएका हुन्। 

सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह ‘चोभार बन्दरगाह’ मा  तेस्रो मुलुकबाट काठमाडौंका लागि आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका हुन्।

योसँगै राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउनेछन्। साथै स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो पनि खुलेको छ।  यता यो बन्दरगाहबाट स्वस्देशी वस्तु निर्यात पनि गर्न सकिन्छ। 

माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षासहितको सबै पूर्वाधारहरु पूर्ण रुपमा बनिसकेका छन्। विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा बन्दरगाह निर्माण भएको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ।

काठमाडौं केन्द्रित व्यवसायीका लागि आयात निर्यातमा महत्वपूर्ण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो।

टाइफाइड खोप अभियान सुरु गर्दै सरकार

सरकारले चैत २५ देखि टाइफाइड खोप अभियान सुरु गर्ने भएको छ। वैशाख १८ गते सम्म सञ्चालन हुने २४ दिने राष्ट्रव्यापी खोप अभियानमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ। 

साथै यस अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै १५ महिना पुगेका र १५ वर्ष ननाघेका बालबालिकालाई  एक डोज टाइफाइड खोप प्रदान गरिने जनाएको छ। 

अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वार्डमा तोकिएको विद्यालयको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र सञ्चालन गरिने जनाइएको छ। 

यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुनेछ।

नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन्।

बिस्कालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान

मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान सुरु गरेको छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिएका छन्। 

मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उहाँले त्यसलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो जात्राको प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे। काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको उनको भनाई छ। 

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरुको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरुको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रर्दशनी गरिएको थियो।

श्रीलंकामा औषधिको चरम अभाव

श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ।

देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)को आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ। जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन्।

बैठकमा जीएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ।

श्रीलङ्काको अखबारले वर्तमान आर्थिक सङ्कट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ।

यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो। 

शनिबार श्रीलङ्काले देशलाई समातेको आर्थिक सङ्कटसँग जुध्न सरकारको प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि तीन दिन कर्फ्यू लगाएको छ।

उता श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन्। सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन्। 

राष्ट्रपति गोताबाया राजापाक्षेले आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका थिए। 

प्रकाशित: Apr 05, 2022| 20:11 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।