सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • मन्त्री हेरफेरको तयारी, पल शाहविरुद्ध तनहुँमा पनि मुद्दा दायर [२०७८-१२-८]

मन्त्री हेरफेरको तयारी, पल शाहविरुद्ध तनहुँमा पनि मुद्दा दायर [२०७८-१२-८]

सत्तारुढ दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद हेरफेर हुने सम्भावना रहेको बताएका छन्।
 |  मंगलबार, चैत ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

vianetvianet

मन्त्री हेरफेरको तयारी

triton college

सत्तारुढ दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद हेरफेर हुने सम्भावना रहेको बताएका छन्। 

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनभित्र औंपचारिक रुपमा टुंगो नलागेपनि मन्त्रीपरिषद हेरफेर हुने संकेत गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले मन्त्रीपरिषद हेरफेर भए आफ्नो पार्टीलाई थप मन्त्रालय दिन माग गरेको र त्यसमा देउवा सहमत भइसकेको पनि दाबी गरेका थिए।

दाहालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री देउवासँग छलफल भएपनि सत्तारुढ गठबन्धनमा सो विषयले प्रवेश नपाएको प्रष्ट्याए। 

अध्यक्ष दाहालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने तयारी गरेको पनि दोहोर्‍याए। तर राम्रो परिणाम ल्याउनका लागि भने सत्तारुढ गठबन्धनलाई पनि साथमा लिएर जाने विषयमा आफूहरुले ध्यान दिएको उहाँको भनाई थियो। 

National life insurance

अध्यक्ष दाहाल मधेश प्रदेशको स्थानीय तह निर्वाचन केन्द्रित पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन जनकपुर पुगेका हुन्। 

आजै बिहान कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफलसमेत भएको थियो। छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी थिए। बैठकमा मन्त्रिपरिषद् हेरफेर र चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ। 

बागमतीमा छुट्टै जासुसी संयन्त्र!

बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ। मंगलबार बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो। नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो। 

आज बसेको प्रदेशसभाको बैठकमा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गरेका हुन्।

कानून मन्त्री खनालको प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो। त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाएको छ। 

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले पाएको अधिकारलाई सदुपयोग गरेर वाग्मती सरकारले पहिलोपटक आफ्नै मातहतमा रहनेगरी सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बनाउन लागिएको बताएका छन्। उनले दफाबार छलफलपछि मात्रै व्यवस्थित गरिने बताए। 

मन्त्री खनालले संघीय सरकारको मुख ताक्दा धेरै कामहरु प्रदेश सरकारमा हुन ढिलाइ भइरहेको पनि उल्लेख गरेका थिए। 

एमालेको दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्। 

मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन्। अध्यक्ष ओलीले जय मधेश भन्ने नै एमालेले भएको पनि जिकीरसमेत गरे।  एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको उनको दावी थियो। 

अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको उल्लेख गर्दै उनीहरुलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताए। 

समाजवादी जनता पार्टीनै एमालेमा समाहित गर्नु भएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दूरदृष्टि र राष्ट्रवादी नेताको नेतृत्वमा राष्ट्र निर्माणका काममा समाहित हुन एमाले प्रवेश गर्नु परेको बताएका थिए। 

अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिवद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताइन्। 

एमालेको गुणगान गाउनेहरु देशभर रहेकाले पनि आफूलाई सो पार्टीमा प्रवेश गर्न प्रेरित गरेको बताइन्।

जलस्रोत ऐनको मस्यौदा संसदमा पेस गर्ने तयारी

सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति-२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेस गर्ने तयारी गरिएको बताएकी हुन्। विश्व पानी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार जल संरक्षण र सम्वर्द्धनमा पर्याप्त सचेत रहेको पनि जिकिर गरिन्। 

मन्त्री भुसालले पिउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताइन्। 

पर्यटक बढाउन मार्ट
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनको लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन्। डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले त्यी पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताएका हुन्। कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य खोजी रहेकाले त्यो गन्तव्य समयमा नै नेपाल बनाउनु पर्ने आवश्यक रहेको डा. रेग्मीले बताए। 

पछिल्लो समय नेपालको हवाई उडानमा पनि काठमाडौं केन्द्रित हुन नपरेकाले पर्यटकको लागि राम्रो वातावरण बनेको दाबी गरे। अहिले भारतबाट पर्यटकहरु गाडीमा वीरगञ्ज आएर एयरर्पोटमा गाडी राखेर त्यहीबाट पोखरा घुम्न सक्ने वातावरण बनेको डा. रेग्मीको भनाइ छ। 

एनआरआरएनएको विवाद सुल्झियो

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन यही चैत १० र ११ गते काठमाडौंमा हुने भएको छ।

मंगलबार एनआरएनएले पत्रकार सम्मेलन गर्दै विधानसम्मत रुपमा दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले चैत १२ र १३ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भने पनि केही परिमार्जन गरेर १० र ११ गते गर्ने निर्णय भएको जानकारी दिए।

पन्तले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे। एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए। अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको बताए।

उता, एनआरएनएका प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीलाई प्रमुख अतिथि बनाएर एनआरएनएको १० औं विश्व सम्मेलन आयोजना गरेका थिए। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा अर्थमन्त्री जनार्दन शर्माले सम्मेलन उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको बताए। तीव्र विवादमा फसेको एनआरएनएमा हिजो राति विवाद मिलेपछि सम्मेलन सुरु भएको हो।

वाम एकताको प्रस्ताव

नेकपा(एमाले)का नेता घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुका बिचमा एकता गर्नुपर्ने अडान दोहोर्‍याएका छन्। 

मंगलवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रम गर्दै नेता भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्ने बताएका हुन्। विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट विभाजन भएको नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)बिचमा एकता हुनुपर्नेमा जोड दिए।

नेता भुसालले नेताहरुका स्वार्थमा आधारित एकता नटिक्ने कुरा विगतको अनुभवहरुबाट बुझिसकिएको बताएका थिए। आगामी एकता भने नेताहरुको नीजि स्वार्थमा टेकेर गर्नु नहुने उनको जोड थियो। 

पलविरुद्ध तनहुँमा पनि मुद्दा

जिल्ला प्रहरी कार्यालय तनहुँले बलात्कार आरोप लागेका कलाकार पल शाहसँगै उनका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ।

शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र उचित क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले जोशीलाई आधा कैद सजायको मागदाबी गरेको हो। 

२७ फागुनमा पक्राउ परेका जोशीलाई तनहुँ प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरेको थियो। 

विभिन्न प्रलोभन देखाउँदै जबर्जस्ती करणी गरेको आरोपमा नाबालिगका पिताले पलविरुद्ध जाहेरी दिएपछि गत फागुन १५ गते उनी प्रहरी नियन्त्रणमा पुगेका थिए। प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर उनीविरुद्धको कसुरमा २१ दिन अनुसन्धान गरेको थियो।

यसअघि नै उही पीडितमाथि बलात्कार भएकै आरोपमा पूर्वी नवलपरासीको गैँडाकोटमा पनि पलविरुद्ध जर्बजस्ती करणी मुद्दा दायर भइसकेको छ। घटनास्थल फरक-फरक जिल्लामा भएकाले दुवै अदालतमा फरक-फरक हिसाबले मुद्दा प्रक्रिया अघि बढेको हो।

पिपल्स च्वाइस अवार्ड एलिनालाई

टेबल टेनिस खेलाडी एलिना महर्जन, एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छन्।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार एलिनाले सर्वाधिक ४७.८३ प्रतिशत भोट पाउँदै यो अवार्ड जितेकी हुन्।  अवार्डका लागि सन्तोषी श्रेष्ठ,  कुशल भुर्तेल, एन्जिला तुम्बाप्पो सुब्बा र प्रिन्स दाहाल मनोनायनमा परेका थिए। 

पिपल्स च्वाइसका लागि चार तरिकाले भोट गणनाको व्यवस्था गरिएको थियो। ५० प्रतिशत भोट ईसेवाबाट गरिएको थियो भने २५ प्रतिशत भोट फेसबुक लाइक र १२.५ प्रतिशत भोट विभिन्न क्लबका प्रशिक्षकले गरेका थिए।  यसरी पाएको भोटका आधारमा एलिनाले सर्वाधिक अंक प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड विजेता बनेकी हुन्।

उनले अवार्ड जितेकोमा आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छन्। उनले आफ्नो पुलिस क्लबलाई पनि धन्यवाद दिएकी छन्। 

यस्तै सावित्रा भण्डारीले दशककै उत्कृष्ट खेलाडीको सम्मान पाएकी छन्। सावित्राले ३४ वटा अन्तर्राष्ट्रिय खेलमा ३८ गोल गरेकी छन्। उनी हालै मात्र कतारमा खुट्टाको उपचार गरेर फर्किएकी थिइन्। दशककै उत्कृष्ट बनेपछि उनले आफूलाई अब्बल बनाउन आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै कोच, टिम, क्लब र एन्फालाई धन्यवाद दिइन्।

राखेपका पूर्व सदस्यसचिव शरदचन्द्र शाह मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। कुवेतका खेलकुद पत्रकार सद्दामले एसियन खेलकुद पत्रकार अवार्डको सम्मान पाएका छन्।

प्रकाशित: Mar 22, 2022| 20:42 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।