शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • बुर्जुवा दलले सिध्याउने षड्यन्त्र गरेको प्रचण्डको आरोप, युक्रेनको पक्षमा नाटो! [२०७८-१२-२]

बुर्जुवा दलले सिध्याउने षड्यन्त्र गरेको प्रचण्डको आरोप, युक्रेनको पक्षमा नाटो! [२०७८-१२-२]

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि संसदीय समितिमा छलफल हुन बताएका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

सुरक्षा नीति सुदृढ बनाउन प्रधानमन्त्रीको जोड

triton college

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। 

बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी गरेका प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना कार्यान्वयनका लागि पठाएको पनि जानकारी दिएका थिए। 

प्रधानमन्त्री देउवाले एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको उल्लेख गरेका थिए। सुरक्षा नीति कार्यान्वयनमा सचिवालयले महत्वपूर्ण योगदान पुर्‍याउने प्रधानमन्त्री देउवाको विश्वास छ। 

बुर्जुवा दलले सिद्धाउने षड्यन्त्र गरेको प्रचण्डको आरोप 

corrent noodles
Metro Mart

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। 

माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताएका हुन्। 

प्रचण्डले बुर्जुवा पार्टीहरूले पालैपालो शासन गर्ने र अरूलाई सिध्याउने षड्यन्त्र गरेको समेत आरोप लगाएका थिए। आउने सबै निर्वाचन पार्टीको लागि जीवनमरणको लडाइँ भएको उनको ठहर छ। 

के हुन्छ महाभियोग प्रस्ताव?

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि संसदीय समितिमा छलफल हुन बताएका छन्।

सरकारले मंगलबार रातीबाट संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रुपमा रहने र त्यसमाथि संसदीय समितिमा छलफल जारी हुने उनले बताएका हुन्। 

प्रतिनिधि सभामा पेस भएर छलफल नसकिँदै अधिवेशन अन्त्य भएपछि प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथिको प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो छ। प्रवक्ता पाण्डेले महाअभियोगको प्रस्ताव संसदमा दर्ता भइसकेको र अब सैद्धान्तिक रुपमा सांसदहरुले छलफल गर्ने र महाअभियोग सिफारिस समितिमा गएर अनुसन्धानका काम अघि बढ्ने बताए। प्रवक्ता पाण्डेले अर्को अधिवेशनमा महाअभियोगको यो प्रक्रिया एजेण्डाको रुपमा प्रवेश भइ छलफल हुने जानकारी दिए। 

प्रवक्ता पाण्डेका अनुसार संघीय संसद आइसकेपछि पनि विगतमा बजेट अधिवेशनमा पनि विधेयकहरु पास हुने गरेको अभ्यास रहेकोसमेत जानकारी दिए। फागुन २९ गते महाभियोग प्रस्ताव संसदमा पेस भएको थियो। सत्तारुढ गठबन्धनका दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए। यसपछि जबरा निलम्बनमा छन्। 

युट्युब नियन्त्रण गर्न नखोजेको सञ्चारसचिवको  स्पष्टीकरण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन्। 

मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट पारेका हुन्। सरकारले

निशुल्क रुपमा उपलब्ध हुने प्लेटफर्मलाई नियन्त्रण गर्न नखोजेको र धरौटी नराखेसम्म भिडियो नै राख्न नपाउने भन्ने कुरा सत्य नभएको उल्लेख गरेका थिए। उनले मिडिया भनेर दाबी गर्ने युट्युबलाई भने सरकारले नियमन गर्ने नीति लिएको प्रष्ट पारे। 

कार्यक्रमा बोल्दै नेपाल टेलिकमका निर्देशक अर्जुन घिमिरेले टेलिकमले उपभोक्ताको हितको लागि उपभोक्तामैत्री डिजिटल प्रविधिमा काम गर्दै आएको बताएका थिए। टेलिकमले उपभोत्तालाई दिने सेवा सुविधाको विषयमा गुनासोहरु सम्बोधन गर्नको लागि नयाँ पविधिको प्रयोग गरिहेको उनको भनाइ छ। 

नेपाल राष्ट्र बैंक डिजिटल भुक्तानी विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिट प्रविधिको विषयमा अभियान नै चलाएको उल्लेख गरे। राष्ट्र बैंकले मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुले समेत डिजिटल साक्षरता अभियान नै चलाएर उपभोक्तालाई डिजिटल शिक्षा दिने काम गरिहेको उनको भनाइ छ। 

पौडेलले नेपाल राष्ट्र बैंकले सबै खालका उपभोक्ताहरुको हितको लागि आवश्यक नीति बनाउँदै आएको उल्लेख गरेका थिए। राष्ट्र बैंकले दृष्टविहीनमैत्री नोट तथा सिक्का बजारमा पठाएको समेत जानकारी दिएका थिए। 

कामदारका समस्या समाधान गर्न युएई र नेपाल सहमत

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ। 

युएईको राजधानी आबुधावीमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको नेपालको श्रम मन्त्रालयले जानकारी दिएको छ। 

भेटवार्तामा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुवै देश मिलेर काम गर्ने सहमति भएको छ। भेटमा युएईले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। यस्तै नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएईले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। उनीहरूबीच युएईमा कार्यरत नेपालीको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो। नेपालबाट दक्ष जनशक्ति लैजान देखिएका समस्या समाधान गर्ने र सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायत विषयमा पनि छलफल मन्त्रालयले जनाएको छ। 

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल सहभागी थिए। युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामीलगायत सहभागी थिए।

भैरहवाबाट विदेश उडान गर्न ५ कम्पनीको चासो

व्यावसायिक उडानको तयारी गरिरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न पाँच वटा हवाई सेवा प्रदायक कम्पनीले चासो देखाएका छन्।

उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडी मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन सरकार प्रयासरत छ। अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएको र थप अध्ययनको काम सकेर उडान-अवतरणका लागि अनुमति दिइने प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए। 

विमानस्थलमा मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार तथा अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेका छन्।  उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। सरकारले आगामी जेठ २ गते बुद्धपूर्णिमादेखि विमानस्थलबाट नियमित उडान सुरु गर्ने तयारी सरकारको छ। 

घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार सुन तोलामा एक लाख ५ सय रुपैयाँ  थियो। त्यस्तै, बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सरकारी छाप कीर्ते गर्ने १२ जना पक्राउ

सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभाग नजिकैबाट उनीहरू पक्राउ परेका हुन्। 

प्रहरीले उनीहरूको साथबाट प्रहरीले कीर्ते गरिएका विभिन्न सरकारी कागजात, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् छाप २० थान समेत बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

युक्रेनको पक्षमा नाटो महासचिव

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको समर्थनमा एकजुट हुनुपर्ने बताएका छन्। 

बेल्जिमयको ब्रसेल्समा भएको नाटो सम्बद्ध राष्ट्रका प्रतिनिधिहरुको बैठकमा नाटो प्रमुख स्टोल्टेनबर्गले यस्तो बताएका हुन्।  रुसले युक्रेनमाथि पछिल्लो पटक सुरु गरेको आक्रमणपछि पहिलोपटक भएको औपचारिक बैठकमा स्टोल्टेनबर्गको यस्तो धारणा सार्वजनिक भएको हो। 

'पश्चिमा देशले युक्रेनलाई सैन्य सहयोग गरेका छन् र यस्तो सहयोग जारी राख्नुपर्छ। नाटो सदस्य राष्ट्रले रुसमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका छन्। युक्रेनलाई समर्थन गर्ने मामिलामा एकजुट रहनुपर्छ,' बैठकमा उनले भनेका थिए। 

रुसले युक्रेनमाथि आक्रमण थालेपछि नाटोका राष्ट्रले युक्रेनका साहसी नागरिक, सरकार र सेनालाई सैन्य उपकरणमा सहयोग गरेका छन्। लाखौँ शरणार्थीलाई आश्रय दिएर मानवीय तथा आर्थिक सहायता प्रदान गरेका छन्। तर यस्तो सहयोग अझ बढाउनुपर्ने उनको भनाइ छ। 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २१औँ दिनमा पनि आक्रमण जारी छ। 

प्रकाशित: Mar 16, 2022| 19:17 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।