बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • स्वदेश फर्किए साउदी राजकुमार, एमसीसीका पक्षमा बोलिदिन गृहमन्त्रीको आग्रह [२०७८-१२-१]

स्वदेश फर्किए साउदी राजकुमार, एमसीसीका पक्षमा बोलिदिन गृहमन्त्रीको आग्रह [२०७८-१२-१]

सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

६० प्रतिशत सिट जित्ने एमालेको दाबी

triton college

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।   

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबि गरेका हुन्। प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा चुनावी प्रतिस्पर्धा स्वस्थ हुर्नुपर्ने ओलीको भनाइ थियो। 

अध्यक्ष ओलीले नेपाली राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बिचको दुई ध्रुवमा रहेकाो र सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने बताए। आफूहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उनको जिकिर छ। अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरू पतित भएको संज्ञा समेत दिएका छन्। 

यस्तै ओलीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने विषय माओवादी जनयुद्धको नभएको समेत दाबी गरेका छन्। एमालेले नै ३३ प्रतिशत महिला सहभागिताको अवधारणा ओलीले उल्लेख गरे। 

corrent noodles
Metro Mart

अनेमसंघकी तत्कालीन अध्यक्ष तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा ३३ प्रतिशत सहभागिताको विषयलाई अगाडि ल्याइएको ओलीको भनाइ छ। ओलीले कार्यक्रममा पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न निर्देशन दिएका थिए। 

फर्किए साउदी राजकुमार

साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परारष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरी साउदी विदेशमन्त्री साउद मंगलबार अपराह्न स्वदेश फर्किएका हुन्। 

सोमबार साँझ  त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उत्रिएका विदेशमन्त्री साउदलाई विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानीलगायतले स्वागत गरेका थिए। 

उच्चस्तरीय भेटघाटपछि परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवाभोजमा सरिक भई उनी विमानस्थल प्रस्थान गरे। सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार साउदको टोलीसँग भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ। 

परराष्ट्रमन्त्री डा खड्कासँगको भेटमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी 'जनरल कोअपरेसन एग्रिमेन्ट'मा हस्ताक्षरसमेत भएको छ। सम्झौतापछि दुवै देशबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्ने विश्वास गरिएको छ। योसँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ। 

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश पनि हो। करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन्। 

नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध बनेको ४५ वर्ष पूरा भएको अवसरमा विदेशमन्त्री साउद काठमाडौं आएका हुन्। सन् १९७८ मार्च १५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

चालु अधिवेशन अन्त्य

सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। 

मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

संसदको चालु अधिवेशनले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता अनुमोदन गरेको थियो। यस्तै संसदमा पेस भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथिको प्रक्रिया भने अर्को अधिवेशनले बढाउने भएको छ। 

एमसीसीका पक्षमा बोलिदिन गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका छन्। 

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले एमसीसीका पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन । उनले एमसीसी परियोजना घरघरमा विजुली पुर्‍याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको र यस सम्बन्धीत बेतुक आंशक नगर्न भनेका छन । 

गृहमन्त्री खाँणले उपभोक्ता हितलाई ध्यानमा राखेर सरकारले विजुलीको खपत बढाउने र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको बताए।  

चरम मूल्यवृद्धि अधिकारकर्मी नै चुप

दैनिक उपभोग्य वस्तुहरुको मूल्य ह्वात्तै बढ्दा समेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बोल्दै  संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मी चुप बस्नु आश्चर्य भएको उल्लेख गरेका हुन्।  

व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर ल्याएको खानेतेल फेरी प्याकिङ गरेर त्यतै पठाउँदा नेपालमा खाने तेलको अभाव भएकोबारे छानवीन गरेर यथार्थकुरा बाहिर ल्याउनुपर्ने उनले बताए। समितिले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाहा गर्न पनि सरकारलाई निर्देशनसमेत दिएको छ। 

सभापति श्रीवास्तवले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महंगी झनै बढेर जाने बताए। 

उता विभिन्न दलका नेताहरुले शिक्षा मन्त्रालय संविधान विपरीतको बाटोमा गएको आरोप लगाएका छन्। नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारी शिक्षा मन्त्रालय संविधान विपरित् बाटोमा गएको आरोप लगाएका छन्। आधारभुत शिक्षा र स्वास्थ्यको विकास नभइकन मुलुकको उन्नति नहुने भन्दै संघीय शिक्षा विधेयक संसदमा ल्याउनसमेत उनको माग छ। 

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागू हुन नसकेको बताए। उनले २०२८ सालको शिक्षा ऐनले २०७८ सालमा नेतृत्व गर्न नसक्ने भन्दै गुणात्मक रुपमा, नीतिगत रुपमा शिक्षा ऐन नभएसम्म देशको विकास हुन नसक्ने बताए।  

यसैबीच समितिले पदावधि सकिएका तीन जना राष्ट्रियसभाका सदस्यहरुलाई बिदाइ गरेको छ। बिदाई भएका सदस्यहरुमा राधेश्याम अधिकारी, दीनानाथ शर्मा र रामलखन चमार छन्।   

तापक्रम बढेको बढ्यै

नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन्।

सोमवार सम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम पुगेको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जानकारी दिएका छन्। डा. उप्रेतीका अनुसार तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउछ । जलवायु विज्ञ डाक्टर उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेकाले सर्तक रहन सुझाब दिएका छन । 

तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने विज्ञको सुझाव छ।

२०औँ दिनमा रुस युक्रेन युद्ध

युक्रेनको राजधानी किभमा मंगलबार बिहानैदेखि विस्फोटन भइरहेका छन्। विस्फोटको आवाजको केही समयपछि किभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनी समाचारसंस्थाले जनाएका छन्। 

उक्त भवनमा रुसी सेनाले आक्रमण गरेको र आक्रमणका क्रममा भएको आगलागीमा परी एक जना घाइते भएको युक्रेनी आपतकालीन उद्धार सेवाले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेको छ। १० तलाको उक्त भवनको पहिलो पाँच तलाबाट धुवाँको मुस्लो निस्किएको थियो। यस्तै युक्रेनी सेना प्रमुखले चार वटा रुसी हेलिकोप्टर खसालेको दाबी गरेका छन्। 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २० दिन भएको छ। युक्रेनी सेना प्रमुखले हालसम्म चारवटा रुसी सैन्य हेलिकोप्टर खसालेको दाबी गरेका हुन्। रुसी सेना मनोवैज्ञानिक रुपमा पनि निकै कमजोर भइसकेको उनको दाबी छ। 

रुसले भने २४ फेब्रुअरीदेखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। रुसी सेनाले आफूले कब्जा गरेको भूभागमा घाइतेहरुको उपचारका लागि स्वास्थ्य सुविधा दिन सुरु गरेको उल्लेख गरेको छ। 

साफ च्याम्पियनसिप सुरु

यू-१८ महिला साफ च्याम्पियनसिप मंगलबारदेखि भारतको जमशेदपुरमा सुरु हुँदैछ। प्रतियोगिताको उपाधि लक्ष्यका साथ उपस्थित भएको नेपालले उद्घाटन खेलमा आयोजक भारतको सामना गर्दैछ।

प्रतियोगिता खेल्नका लागि नेपाली टिम शनिबार भारत प्रस्थान गरेको थियो। प्रतियोगिताको पहिलो खेल आज राति सवा ७ बजे सुरु हुनेछ। 

यू १७ को विश्वकप खेल्ने अघिकांश खेलाडीले यो प्रतियोगिता खेलिरहेका छन्। नेपाली टिमका मूख्य प्रशिक्षक दर्शन भत्तराजले घरेलु टिमविरुद्ध खेल्न कठिन हुने भए पनि उत्कृष्ट खेल प्रस्तुत गर्ने बताएका छन्।

यसअघि बंगलादेशमा आयोजना भएको यू- १९ साफ प्रतियोगितामा नेपालले भारतसँग हार व्यहोरेको थियो। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोली खेल्दैछन्।

प्रकाशित: Mar 15, 2022| 20:11 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।