शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • नेपालसहित १४ सांसदको वैधानिकतामाथि फैसला आउँदै, १२ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी [२०७८-११-२९]

नेपालसहित १४ सांसदको वैधानिकतामाथि फैसला आउँदै, १२ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी [२०७८-११-२९]

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदनपछिका सबै कामका विषयमा जानकारी उपलब्ध गराउन माग गरेका छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

स्थानीय तहलाई स्थानीय सरकार बनाउन आपत्ति छेन : प्रधानमन्त्री देउवा

triton college

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउने व्यवस्था गर्न आपत्ति नरहेको बताएका छन्। 

नेपाल नगरपालिका संघको २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। यद्यपि स्थानीय तहलाई स्थानीय सरकार बनाउने विषयमा दलहरूबीच सहमति हुनुपर्ने उनको भनाइ छ। 

कार्यक्रमका अधिकांश वक्ताले संविधानले ३ तहको सरकारको परिकल्पना गरेपनि स्थानीय ‘सरकार’ नभनेर 'तह' मात्रै भन्नु उपयुक्त नहुने धारणा राखेपछि प्रधानमन्त्री देउवाले त्यस्तो जवाफ दिएका हुन्। 

नेपालसहित १४ सांसदको वैधानिकतामाथि अन्तिम फैसला चैत २० मा सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकैपटक अन्तिम सुनुवाइ गर्ने भएको छ। 

corrent noodles
Metro Mart

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको र मुद्दाको अन्तिम सुनुवाइ गर्नु मनासिव हुने जानकारी दिएको हो। 

अन्तरिम आदेशको माग भएपनि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको हो। आदेशअनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुनेछ।

नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमालेले ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ। एमाले अध्यक्ष केपी ओलीले अदालतमा रिट दायर गरेका थिए।

महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस 

प्रतिनिधि सभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव पेस भएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव पेस भएको छ । बैठकमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गर्नुभएको हो। महाअभियोग प्रस्ताव पेश गर्दै प्रमुख सचेतक गुरुङले  प्रधानन्यायाधीश जबराले संविधान, नियम, कानुन र न्यायिक मुल्यमान्यताको उल्लंघन गरेका कारण महाअभियोग प्रस्ताव ल्याउनु परेको बताए। 

सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावबारे प्रतिनिधि सभाको आगामी बैठकमा छलफल हुने जानकारी दिएका छन्। बैठक चैत्र २ गते बुधवार दिनको १ बजे बोलाइएको छ। नेपाली कांग्रेस सचेतक पुष्पा भुसाल गौतम र नेकपा(एकीकृत समाजवादी)का सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा ९५ जना सांसदहरुको समर्थनमा फागुन १ गते प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गरेका छन्। इतवारको प्रतिनिधि सभा बैठकपछि मन्त्री बडूले न्यायपालिकालाई सुदृढ र सुद्धिकरण गर्नका लागि महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को पनि सहभागिता हुने विश्वास व्यक्त गरेका हुन्। 

नेकपा(एमाले)का सांसद खगराज अधिकारीले महाअभियोगको सम्बन्धमा समितिमा एमालेले छलफलमा भाग लिए पनि प्रतिनिधि सभामा भने विरोध जारी राख्ने बताए। 

पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने विश्वास व्यक्त गरे।

रावलले मागे सरकारको जवाफ

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदनपछिका सबै कामका विषयमा जानकारी उपलब्ध गराउन माग गरेका छन्।  

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रावलले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएसँगै नेपाल सरकारले त्यस सम्बन्धमा गरेका कामहरु सार्वजनिक गर्न पर्ने बताएका हुन्। 

सांसद रावलले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा संसदमा जवाफ माग गरेका छन्।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भन्दै अतिक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिए। 

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा(एमाले)ले आइतबरा पनि अवरोध कायमै राखेको थियो। 

कांग्रेसको अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ। आइतवारदेखि नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो। आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको अभियानको पहिलो चरण लगतै आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरु हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। महामन्त्री शर्माले अभियानबाट आम जनतालाई विभिन्न भोटर ट्रेनिङ प्रोग्राम पनि सञ्चालन गरिने बताए।  

अभियानमा ७७ जिल्लाकै केन्द्रिय प्रतिनिधिहरुले १० दिनसम्म हरेक स्थानीय पालिकाका जनतासम्म पुग्ने जानकारी दिए।

बालिका बलात्कारका आरोपित दुई जना पक्राउ

१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सुन्दर हरैँचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन्। आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आरोप लागेका उनीहरू दुवैलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका दुवै जनाले ललाईफकाई नजिकैको झाडीमा लगेर बलात्कार गरेको स्वीकार गरेको मोरङ प्रहरीले दाबी गरेको छ। गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा शनिबार मृत्यु भएको थियो।

उनीहरूविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

अर्थतन्त्रको प्रभाव भन्सारमा

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका छन्। 

आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिएका चुनौतीले भन्सारमा प्रभाव पारेको बताएका हुन्। 

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भएपनि सीमित समयका लागि मात्र यस्तो व्यवस्था लागु गरिएको जानकारी गराएका थिए। पछिल्लो समय वैधानिक बाटोबाट भन्दा पनि अवैध बाटोबाट वस्तु आयात हुने गरेको उल्लेख गरेका थिए। 

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएको दाबी गरेका थिए। पछिल्ला दिन विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्य अनुसार नै राजश्व संकलन हुने उनको विश्वास  छ। 

नेप्सेमा १ सय अंकको वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा १०१.०७ अंकले वृद्धि भएको छ।

नेप्से २ हजार ६ सय ६७ दशमलव ९७ बिन्दुमा पुगेको हो। लगातार घटिरहेको सेयर बजार गत साता बिहीबारदेखि घट्ने क्रम रोकिएको थियो। बिहीबार ५२ अंकले बढेको बजारलाई पछि पार्दै आइतबार ४ अर्ब ८७ करोड रुपैया बराबरको कारोबार भएको छ। 

सबै उपसूचक भएको दिन आइतबार एसियन आइफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स, सानिमा लाई इन्सोरेन्स  इमर्जिङ नेपाल लिमिटेक कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार सकारात्मक सर्किट लागेको हो।

१२ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म झन्डै १२ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। 

शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन्। आफ्नो देशका भने करिब १३ सय सैनिकले ज्यान गुमाएको उनको भनाइ छ। 

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको टिप्पणी गरे।

रुसले युक्रेनमा आक्रमण गरेको १८ दिन भइसकेको छ। अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ। शनिवारसम्म रुसी सेना राजधानीबाट २५ किलोमिटर नजिक पुगिसकेको बताइएको छ।

मनाङले दोस्रो पटक जित्यो खप्तडको उपाधि

पाँचौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। 

धनगढी रंगशालामा शनिबार सम्म्पन्न फाइनल खेलमा फ्रेन्ड्स क्लबविरुद्ध ३-१ को नतिजा निकाल्दै मनाङले उपाधि जितेको हो।

मनाङले उपाधिसहित २१ लाख नगद पुरस्कार जितेको छ भने उपविजेता बन्दै फ्रेन्ड्सले ११ लाख जितेको छ।

मनाङलाई जित दिलाउन ओलावाले अफिजले २ गोल गरे भने एक गोल दिनेश राजवंशीले गरेका थिए। फ्रेन्ड्सका जमोउलले एक गोल फर्काए। फ्रेन्ड्सका जुड गार्सियाले पेनाल्टीमा पाएको अवसरमा गोल गर्न नसक्दा मनाङलाई उपाधि उचाल्न सहज भएको हो। मनाङले २०७३ को पहिलो संस्करणमा पनि उपाधि जितेको थियो।

प्रकाशित: Mar 13, 2022| 21:51 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।