मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसीको टेन्डर नेपाली कम्पनीले पाउने प्रधानमन्त्रीको सदिच्छा, माओवादीले देशलाई दिशा दिएको प्रचण्डको दाबी [२०७८-११-२७]

एमसीसीको टेन्डर नेपाली कम्पनीले पाउने प्रधानमन्त्रीको सदिच्छा, माओवादीले देशलाई दिशा दिएको प्रचण्डको दाबी [२०७८-११-२७]

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।
 |  शुक्रबार, फागुन २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

vianetvianet

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।

triton college

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रिय स्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिन सक्ने बताए।

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे। अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रिय स्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने उनले बताए। नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुशी हुने उनले बताए।

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए। निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानुनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए। निर्माण व्यवसायलाई अझै व्यावसायिक र प्रतिस्पर्धि बनाउनु आवश्यक रहेको उनले बताए।

विकास–निर्माण ढिलो हुनुमा सरकार पनि दोषी

National life insurance

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी हुन्।

विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनोट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारीता र जवाफदेहिता अनिवार्य शर्त भएको उनले बताइन्। निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाँक्रीले कानूनमा भएका विभिन्न छिद्रहरुका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरिन्। मन्त्री झाँक्रीले कुनैपनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रुपमा हेरेको बताइन्।

बिजुलीको तारमा अमेरिकी सेना आउँदैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीपास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको बताए। उनले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नआउने बताए।

त्यस्तै गृहमन्त्री खाँणले निर्माण व्यवसायीको कामको क्षमता अभिवृद्धि गर्नका लागि सरकार सकारात्मक रहेको बताए। उनले अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली निर्माण व्यवसायीको क्षमता बढेको भन्ने वातावरण बनाउन सरकार गम्भिर भएर लागेको दाबी गरे ।

धानको क्षतिपूर्ति माग्दै धर्ना बसे किसान

डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ। 

शुक्रवार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन्। विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा। प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए। उनले पीडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राखे।

महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पीडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेको छ। समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन्। तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन्।

एमसीसीका शर्तहरु खुकुला छन् : सञ्चारमन्त्री  कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरेका छन्।

शुक्रवार काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरेका हुन्। उनले एमसीसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताए। मन्त्री कार्कीले एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने कुराको प्रमाण दिनुपर्ने बताए। उनले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने बेला आएको बताए।

जिम्मेवार पत्रकारिता गर्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रेस स्वतन्त्रताको छोटो इतिहास भए पनि त्यसमा राम्रो फड्को मारेको बताएका छन्। नेकपा एमाले निकट पत्रकारहरूको पोखरामा सुरु भएको प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।

ओलीले छोटो समयमा प्रेस स्वतन्त्रताका क्षेत्रमा नेपालमा उलेख्य काम भएको बताउँदै पत्रकारहरूलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन्। ‘अधिकारको पक्षमा संविधानले धेरै कुरा दिएको छ। अब संविधान प्रदत्त अधिकारलाई कसैले खोस्दैन। तर, जिम्मेवार हुनुपर्छ। पित पत्रकारिता नभएर जिम्मेवार पत्रकारिता आजको आवश्यकता हो,’ उनले भने। उनले पत्रकारलाई कलम चलाउँदा देश, जनता र विकासप्रति गम्भीर हुन आग्रह गरेका छन्।

उनले न्यायको निम्ति उभिने प्रेस आजको आवश्यकता भएको बताएका छन्। त्यसैले कुनै लोभप्रलोभमा नपरेर स्वतन्त्र भएर कलम चलाउन उनको आग्रह छ। नेपालमा २००७ सात सालपछि मात्रै स्वतन्त्रताको चेत विकास भएको र २०४६ सालपछि त्यसको विकास भएको उनले बताएका छन्। उनले छोटो समयमा नेपालले सञ्चारका क्षेत्रमा राम्रो फड्को मारेको स्मरण गरे। 

ओलीले अब सञ्चारको योगदानलाई समाजमा सदुपयोग गर्नुपर्ने बताएका छन्। ‘हामी राष्ट्रिय अभिभारा र उत्तर दायित्वप्रति जिम्मेवार हुनुपर्छ। कर्तव्य पालनामा ध्यान दिएनौं भने  स्वतन्त्रताको नाममा गम्भीर परिणाम आउन सक्छ,’ उनले भने।

माओवादीले नै देशलाई दिशा दिएको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्। 

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले देशलाई कता लैजाने भन्ने मुख्य भूमिका माओवादीको हातमा रहेको बताएका हुन्।

‘राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै छ। गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ,’ अध्यक्ष प्रचण्डले भने।

देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इशारामा चल्ने उनको दाबी छ। उनले सत्ता गठबन्धनलाई आगामी निर्वाचनभन्दा पछिसम्म पनि कायम राख्ने प्रयासमा आफूहरु रहेको पनि सुनाए। भने,  ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं। एमसीसीकै कारण देश दुर्घटनामा गइसकेको थियो। त्यो खतरा अहिले टरेको छ।’ 

एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको प्रचण्डले सुनाए। भने, ‘अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमत गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ।’

अध्यक्ष प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका हुन्।

युक्रेनका तीन सहरमा रुसको आक्रमण

रुसले युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेको छ। रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। 

शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएको बीबीसीले जनाएको छ। 

युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर पश्चिममा रहेको लुट्स र मध्य९पूर्वमा रहेको नीप्रो सहरमा बिस्फोटहरू भएको बताएका छन्। यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन।

लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ। लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन्।

नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ।नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ।

यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो९फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्। इभानो फ्रान्किभिस्कका नगर प्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन्। उनले शत्रुले हमला गरेको लेखेका छन्।

प्रकाशित: Mar 11, 2022| 22:03 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।