शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावले तरंग, बतासका पक्षमा अदालतको आदेश [२०७८-११-१]

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावले तरंग, बतासका पक्षमा अदालतको आदेश [२०७८-११-१]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ।

triton college

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का सांसदहरुले आइतवार संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद मीनेन्द्र प्रसाद रिजाल लगायत सत्ता गठबन्धनका ९५ जना सांसदहरुको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको हो। 

संघीय संसद सचिवालयका महासचिवको दर्ता भएको महाअभियोगको प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश गर्ने गरी प्रक्रिया अगाडी बढिसकेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। 

महाअभियोग प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जसरी आफ्नो काम कारबाही अगाडी बढाउनुपथ्र्यो सो अनुसार गर्न नसकेका कारण २१ बुँदे आरोपपत्र सहित महाअभियोग प्रस्ताव दर्ता गरिएको बताइन्। 

corrent noodles
Metro Mart

माओवादी केन्द्र संसदीय दल प्रमुख सचेतक देव गुरुङले न्यायलयको ‘डेडलक’ फुकाउन मार्गप्रशस्त नगरेपछि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए। 

लामो समयसम्म न्यायालयको समस्या अदालतभित्रबाट हल होस् भन्ने चाहेकाले पनि महाभियोगको प्रस्ताव दर्ता गर्नुपरेको उनको भनाइ थियो। 

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा बिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे।  बताउनु भएको छ । 

महाभियोग प्रस्ताव दर्ताभएसँगै प्रधानन्यायाधीश राणा स्तवः निलम्बनमा परेका छन्। राणाविरूद्धको महाभियोग पारित गराउन संसद्का दुवै सदनमा दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ। यो संख्या पुर्‍याउन सहज छैन। उता सभामुख अग्निप्रसाद सापकोटाले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सारेर फागुन ६ गते पुर्‍याएका छन्। 

नेकपा एसको वैधानिकतामाथि प्रश्न उठाए असह्य : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनु भएको छ। 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाई बाहिर आएको हो । नेपालले आफ्नो पार्टीले कानुनी आधारमा बैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावी समेत गरेका थिए। 

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए। एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उनको भनाइ थियो । 

अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको दोहो¥याउनु भयो।

गठबन्धन सरकार गिराउने खेल भइरहेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन्। 

आईतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७औँ जनयुद्ध दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताए। उनले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु भइरहेकोसमेत बताए। 

अध्यक्ष दाहालले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको बताउँदै कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धन नबनेको स्पष्ट पारे। 

अध्यक्ष दाहालले प्रदेश र केन्द्रीय सरकारले जनयुद्ध दिवस मनाउन आवश्यक रहेको बताएका थिए।

बतासका पक्षमा आदेश

उच्च अदालत पाटनले पशुपतिमा रहेको धर्मशालामा होटल सञ्‍चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले सम्झौता रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न पशुपति क्षेत्र विकास कोषको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

बतास समूहको होटल आनन्द प्रालिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बतास समूहको पक्षमा अन्तरिम आदेश जारी गरेको हो। 

बतास समूहले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर यसअघि उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। अदालतले विपक्षीका नाममा १५ दिनको समय राखेर आधार, कारण र प्रमाण समेत माग गरेको छ। साथै अदालतले फागुन ९ गतेका लागि आन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई उपस्थित हुन समेत आदेश गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनपछि पशुपति क्षेत्र विकास कोषले बतास समूहको होटल आनन्द प्रालिसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। 

तीर्थयात्रु बस्न भनेर भारत सरकारको आर्थिक सहयोगमा मापदण्ड विनै होटल सञ्चालन गर्न भनेर बतास समूहलाई दिइएको पाइएपछि पर्यटन मन्त्रालयले समिति गठन गरेर धर्मशाला ठेक्का दिने विषयबारे छानबिन गरेको थियो। 

छानबिन समितिले मिलेमतोमा ठेक्का सम्झौता गरिएको पाइएको भन्दै सम्झौता खारेज गर्न सिफारिस गरेको थियो। 

सेयरमा पहिरो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। 

बिहान ११ बजे कारोबार सुरु भएलगत्तै घट्न थालेको सेयर बजार परिसूचक नेप्से ३ बजे कारोबार बन्दा हुँदासम्म १०१।२४ अंकले घटेर २७००।३२ अंकमा अडिएको छ। कारोबार सुरु भएको एक घण्टामै नेप्से ८२ अंकले घटिसकेको थियो।

बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरको प्रभाव नेप्सेमा देखिएको बजार विश्लेषकहरुले गरेका छन्। त्यसमाथि राजनीतिक वृत्तमा भएको हलचलको असर पनि सेयर बजारमा परेको हो। आज सबै उपसमूहको परिसूचक घटेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आज संसद् सचिवालयमा महाभियोग गर्दा भएपछि राजनीति तरंगित हुन पुगेको छ। 

आज बजारमा २२७ कम्पनीको १ करोड ६६ लाख १ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँमा कारोबार भएको छ।

हिमालयन शेर्पा र एनआरटीको गोलरहित बराबरी 

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) ले बराबरी खेलेका छन्।

आइतबार दशरथ रंगशालामा तीन अंकको लक्ष्यसहित मैदानमा उत्रिएको हिमायन शेर्पाले एनआरटीको तुलनामा धेरै अवसर बनाएपनि गोल गर्न सकेन। खेलको ८०औं मिनेटमा अट्याकिङ थर्डमा शेर्पाले केही राम्रो मुभ बनाए पनि गोल गर्न असफल भयो। आइतबारको खेलमा आशीष गुरुङ म्यान अफ दि म्याच बने।

खेलपछि बोल्दै हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले दुवै टिमले सोचेअनुसार खेल्न नसकेको बताए। एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले धेरै समय पछि खेलेका कारण तालमेल नमिलेको उल्लेख गरे। 

एनआरटीले लिगमा अहिलेसम्म १० खेलमा तीन जित निकालेको छ भने पाँच खेलमा बराबरी गरेको छ। यता हिमालयन शेर्पाले अहिलेसम्म समान तीन जित निकालेको छ भने दुई तीन नै बराबरी गरेको छ। १४ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा कायम  छ भने १२ अंक बनाएको शेर्पा पनि आठौं स्थानमा यथावत् छ।


प्रकाशित: Feb 13, 2022| 20:49 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।