मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसीप्रति एमाले नरम, डीडीसीले तोकेको मूल्य नमान्ने डेरी व्यवसायीको चेतावनी [२०७८-१०-२८]

एमसीसीप्रति एमाले नरम, डीडीसीले तोकेको मूल्य नमान्ने डेरी व्यवसायीको चेतावनी [२०७८-१०-२८]

सरकारले १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

एमसीसीप्रति एमाले नरम

triton college

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अमेरिकी अनुदान सहायता एमसीसी पारित गराउने पक्षमा नरम हुने संकेत गरेको छ।

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल रूपमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। सभामुख अग्नीप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा दर्ता गरिएको एमसीसी सम्झौंता अघि बढ्न नदिएको भन्दै ओलीले आपत्ति प्रकट गरे । सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादा विपरितका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताहरुले प्रशंशा गरेकोमा आफूलाई सरम लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराएका थिए। 

अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी समेत गरे। सत्तारुढ गठबन्धनलाई बत्ती निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि उनले चेतावनी दिए। आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले चुच्चे नक्सा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलहरुले नगरेर देश र मुलुकको भौगोलिक अखण्डतामाथि खेलबाड गरिरहेको आरोप पनि लगाए । यस्तै माधवकुमार नेपालको दलसँग एकता र चुनावी गठबन्धनसमेत हुन नसक्ने उनको टिप्पणी थियो। 

corrent noodles
Metro Mart

१८  वर्ष माथिका सबैलाई बुस्टर डोज

सरकारले १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताएका हुन्।

मन्त्री खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना ९२०७८–२०८३० मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको उनले उल्लेख गरेका थिए। यस्तै, मृगौला प्रत्यारोपण, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा बनाउनेलगायतका नीतिगत काम भइरहेको मन्त्री खतिवडाको उपलब्धि सूचीमा उल्लेख छ। 

यसबीचमा २ हजार २०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको, जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरणसमेत भएको मन्त्री खतिवडाको भनाइ छ।

दूधको मूल्यमा विवाद

नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन्। 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकोले भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए। 

त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढेपनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने उल्लेख गरे। संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको उल्लेख गरेका थिए।

त्यस्तै अर्का व्यवसायी अरनिको राजभण्डारीले दुग्ध विकास संस्थानको निर्णयले अव्यवहारिक भएको र यसकै कारण किसानहरु फस्टाउन नसकेको बताए। 

दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै कच्चा दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि आज ९शुक्रबार० बाट लागू हुने जनाएको थियो। तर नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुनेगरी कच्चा दुधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दुरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ। 

गठबन्धन नगर्ने कोइरालाको प्रस्ताव

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव पेस गरेका छन्।

जारी कार्यसम्पादन समिति बैठकमा बिना भेदभाव पार्टी सञ्चालन गर्ने, भ्रातृ संस्थालाई विधिअनुसार काम गर्ने स्वतन्त्रता दिने प्रस्ताव राखेका हुन्। यस्तै उनले दलसँग चुनावी गठबन्धन नगर्ने, एमसीसी अनुमोदन गर्ने र क्रियाशील सदस्यता वितरण अहिलेदेखि नै सुरु गर्ने प्रस्ताव पनि अघि सारेका हुन्।

प्रस्तावमा उनले देशकै नेतृत्व गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्व संकीर्णता र गुटमा आधारित हुँदा त्यसले सिंगो पार्टीलाई कमजोर बनाउने उल्लेख गरेका छन्। प्रस्तावमा देशकै नेतृत्व गर्ने पार्टी गुट र भागबण्डामा रमाउँदा त्यसले पार्टी र लोकतन्त्रलाई नै कमजोर पर्ने उल्लेख गरेका छन्। 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गतेभित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गर्नुपर्ने कोइरालाको प्रस्ताव छ। 

उनले कांग्रेसले कांग्रेसलाई मतदान गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरे। एमसीसीलाई सम्भव भए राजनीतिक दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने उनको प्रस्तावमा उल्लेख छ। 

त्रिपुरेश्वरमा आधुनिक शौचालय

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ।  शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका छन् । एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय समावेशी प्रकृतिको बनाइएको बताइएको छ। उदघाटन कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाडौं महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरण रहेको बताए ।

नवनिर्मित शौचालयमा आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ ।  सकिन्छ ।  यसमा स्वचालित प्रबिधिमा आधारित फोहोर ब्यबस्थापन प्रणाली पनि जडान गरिएको छ। यस्तै यस शौचालयमा महिलाहरुलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन ह्याण्ड ड्रायरण जस्ता सुविधा जडान गरिएका छन्। 

अमेरिकीलाई युक्रेन छाड्न आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेका छन्।

युक्रेनको अवस्था नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि सेना नपठाउने बताएका हुन्। एनबीसी न्युजसँग कुरा गर्दै बाइडेनले आफ्ना नागरिकहरूलाई सतर्क रहन र सकेसम्म छिटो युक्रेन छा्ड्न सजग गराए। 

रुसी सेना निरन्तर युक्रेनी सीमातर्फ अघि बढिरहेकोले छिट्टै भयानक अवस्था आउनसक्ने पनि उनले बताए। विश्वकै सवैभन्दा ठूलो सेनासँग डील गर्नुपर्ने अवस्था रहेको भन्दै राष्ट्रपति बाइडेनले रुसी र अमेरिकी सेनाले एक अर्का विरुद्ध गोली हान्न सुरु गर्ने वित्तिकै विश्वयुद्ध हुने खतरा रहेको बताउका छन्।

फ्रेन्डस पहिलो जित

सहिद स्मारक डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ। 

शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५(२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो। फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरेका थिए। श्यामबाबु केप्छ्याकीले एक गोल थपे। 

ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए । खेलको १४औं मिनेटमा सुशीलले फ्रि–किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। ब्रिगेडका ड्याडी जुनियर वाम्बाले नाथनियल जुड ग्रासियालाई फउल गरेपछि फ्रेन्ड्सले फ्रि–किकको अवसर पाएको थियो। 

खेलको २५ औं मिनेटमा ड्याडीले फ्रि–किक मार्फत गोल गर्दै ब्रिगेडलाई १–१ गोलको बराबरीमा ल्याए। असिम भुसालले भुवन बस्नेतलाई फउल गरेपछि ब्रिगेडले फ्रि–किकको अवसर पाएको थियो।

प्रकाशित: Feb 11, 2022| 19:24 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।