बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसी पारित गर्नेबारे कांग्रेसमा छलफल, नेपालको फिफा वरीयता सुधार [२०७८-१०-२७]

एमसीसी पारित गर्नेबारे कांग्रेसमा छलफल, नेपालको फिफा वरीयता सुधार [२०७८-१०-२७]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई नै चुनावमा लैजाने विषयमा सहयोग गर्न कांग्रेस नेता शेखर कोइरालासँग आग्रह गरेका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी पारित गर्ने विषयमा छलफल गरेको छ।  बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा एमसीसी, चुनावी गठबन्धन र भातृसंस्थाको महाधिवेशनबारे छलफल भएको कार्यसम्पादन समिति सदस्य शशांक कोइरालाले जानकारी दिएका हुन्। 

triton college

एमसीसी पारित गराउने पक्षमा रहेको कांग्रेसले जनतामा गएर सम्झाउने र यस विषयमा रहेका भ्रम चिर्ने विषयमा छलपल भएको नेता कोइरालाले बताए। 'एमसीसी पारित गरे नेपालमा अमेरिकी सेना आउँछ' भनेर भ्रम फैलाइएकाले त्यसलाई चिर्दै 'पूर्वाधार विकासका लागि हो' भन्ने कुरा बुझाउन आवश्यक रहेको विषयमा छलफल भएको उनको भनाइ छ। 

कां ग्रेस आफैले अस्तित्व जोगाउनुपर्ने भएकाले गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने विषयमा आफूले कुरा उठाएको उनको भनाइ छ। यस्तै पदावधि सकिएका भातृसंगठनको महाधिवेशनका सम्बन्धनमा पनि छलफल भएको तर टुंगोमा नपुगिएको नेता कोइरालाको भनाइ छ। 

नेतात्रयबीच भेट

सत्ता गठबन्धनका शीर्ष तीन नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। 

corrent noodles
Metro Mart

उनीहरुबीच एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

भेटमा दाहाल र नेपालले तत्काल एमसीसी पास गर्न नसकिने अडान दोहोर्‍याएका थिए। अझै केही समय लिएर स्थानीय तहको चुनावपछि मात्र एमसीसीसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको धारणा थियो।

प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएको बताइएको छ।

प्रचण्ड र शेखरबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई नै चुनावमा लैजाने विषयमा सहयोग गर्न कांग्रेस नेता शेखर कोइरालासँग आग्रह गरेका छन्।

खुमलटारस्थित दाहाल निवास पुगेका कोइरालासँग उनले यस्तो आग्रह गरेका हुन्।

कोइराला र प्रचण्डबीच बिहीबार बिहान डेढ घण्टासम्म समसामयिक राजनीतिक विषयमा कुराकानी भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेताहरुबीच एमसीसी सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो।

भेटमा प्रचण्डले सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन गर्दा सबैलाई फाइदा हुने दाबी गरेका थिए। कोइराला निर्णय गर्ने ठाउँमा नभएपनि प्रभावित गर्ने ठाउँमा भएकाले चुनावी गठबन्धनको विरोध नगरिदिन प्रचण्डको आग्रह थियो। 

नेता कोइरालाले भने गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुने बताएका थिए। चुनावमा गठबन्धन गरे पनि कांग्रेसलाई कुनै फाइदा नहुने पुरानै सिकाइ भएको बताएका शेखरले माओवादी कार्यकर्ताले कांग्रेसलाई भोट नहाल्ने बरु एमालेतिरै लाग्ने बताएका थिए। यसो गर्दा माओवादीलाई र कांग्रेस दुवैलाई फाइदा नहुने उनको तर्क थियो। 

नेता कोइरालाले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउन दाहालसँग आग्रह गरेका थिए। अध्यक्ष दाहालले चुनावअघि एमसीसी पास गर्न नसकिने बताएका थिए। 

एसईई प्रदेशलाई!

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताएका छन्। 

बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन)ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको जिम्मा प्रदेश सरकारलाई दिने गरी कानून निर्माण भइरहेको जानकारी दिएका हुन्। 

ऐनमा व्यवस्था नभई सबै कुराहरु प्रदेश सरकारलाई दिन अफ्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानून पारित गरे प्रदेशले नै एसईईको परीक्षा लिने उनको भनाइ छ। 

अध्यक्ष शर्माले यस पटकको एसईई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिनेसमेत जानकारी दिए। यस वर्ष करिब ५ लाख विद्यार्थी एसईईमा उपस्थित हुनसक्ने अनुमान बोर्डले गरेको छ। अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समयतालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको बताउनु जानकारी दिए।

बजेट समीक्षा

चालू आर्थिक वर्षको बजेटमाथि अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आकार घटाएको छ।  वार्षिक बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ४६ अर्ब अर्थात् बनाइएको छ। 

चालू खर्च १० खर्ब ३५ अर्ब, पुँजीगत तीन खर्ब ४१ अर्ब र वित्तीय व्यवस्थातर्फ एक खर्ब ४९ अर्ब रुपैयाँ खर्च हुने बजेटको संशोधित अनुमान छ। 

यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्ब रुपैयाँले घटाएर जनार्दन शर्माले बजेट ल्याएका थिए। 

समीक्षाका क्रममा अर्थमन्त्री शर्माले डिजिटल तथा क्रिप्टोकरेन्सी, हाइपर फन्ड, बेटिङ ग्याम्बलिङ आदि सूचना प्रविधिले भित्र्याएका विकृति भएको बताएका थिए। क्रिप्टोको कारोबार हुने क्रम नरोकिएको बताएका उनले नियमन र नियन्त्रण गर्न अध्ययन समिति बनाइएको जानकारी दिए। 

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङ नेपालमा गैरकानुनी भएको र यसको प्रकृति नै गैरनियमन भएकाले सचेत रहन आग्रह गरेको थियो।

पछिल्लो समय नेपालमा पनि नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको छ।

पुनः मेयर बन्ने विद्याको चाहना

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी गर्ने बताएका छन्। 

बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए। 

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवद्र्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनु भयो । उहाँले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जानेसमेत उल्लेख गरे। 

मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिबद्धता समेत जनाएका थिए। 

सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीले पनि कांग्रेसबाट मेयरमा दाबी गर्न थालेकी छन्। 

कमल थापा राप्रपा फर्कने आशा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताउनु भएको छ । 

बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै पूर्व अध्यक्ष समशेरले यस्तो बताएका हुन्। 

पूर्व अध्यक्ष समेशरले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्नेसमेत बताएका थिए। 

नेपालको वरीयता सुधार

फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ। 

बिहीबार सार्वजनिक भएको फिफा वरीयताअनुसार नेपाल १६९ स्थानबाट उक्लेर १६७औं स्थानमा पुगेको हो। 

यही १५ र १८ माघमा काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा नेपालले मोरिससलाई पराजित गरेको थियो। त्यसैको प्रभाव फिफा वरीयतामा परेको हो। पहिलो खेलमा विमल घर्ती मगर र दोस्रो खेलमा सुजल श्रेष्ठको गोलको मद्दतले नेपालले नतिजा आफ्नो पोल्टामा पारेको थियो। यसले आउँदो एसियन कप छनोटमा पनि सहयोग गर्नेछ।

नेपालअघि एसियाली देश सिंगापुर १६१औं स्थानमा छ भने नेपालपछि कम्बोडिया १७१औं स्थानमा छ।

नेपालसँग खेलेको मोरिससको वरीयता भने पाँच स्थान खस्किएको छ। मोरिसस १७१औं स्थानबाट १७६औं स्थानमा पुगेको हो।

प्रकाशित: Feb 10, 2022| 19:47 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।