शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • विद्युतीय मतदानबारे निर्वाचन आयोगमा छलफल, ५१ प्रतिशतले बढ्यो आयात [२०७८-१०-२६]

विद्युतीय मतदानबारे निर्वाचन आयोगमा छलफल, ५१ प्रतिशतले बढ्यो आयात [२०७८-१०-२६]

अर्थ मन्त्रालयले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

विद्युतीय भोटिङबारे छलफल

triton college

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगका सम्भावनाबारे निर्वाचन आयोगले छलफल थालेको छ। 

भोटिङका लागि विद्युतीय मेसिनको प्रयोगका सम्बन्धमा बुधबार आयोगले विज्ञहरूसँग छलफल गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार यो सामान्य छलफल मात्रै हो। देशभरका मतदान केन्द्रमा विद्युतीय भोटिङ मेसिनको प्रयोग सम्भव हुनेमा आयोग आफैँ विश्वस्त छैन। 

काठमाडौं, भक्तपुर र ललितपुरका केही स्थानीय तहमा विद्युतीय मतदानको व्यवस्था गर्ने मनस्थितिमा आयोग छ। स्थानीय तह निर्वाचन ऐनमा विद्युतीय मतदानसमेत गर्न सकिने प्रावधान छ। 

corrent noodles
Metro Mart

नेपालमा पहिलो पटक २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं–१ मा विद्युतीय मतदान मेसिन प्रयोग भएको थियो। त्यसपछिका निर्वाचन तथा उपनिर्वाचनहरुमा पनि फाट्टफुट्ट रुपमा विद्युतीय मतदान भएको थियो। 

नेकपा एमालेको हालै चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदानको व्यवस्था थियो। भर्खरै सम्पन्न नेपाली कांग्रेस र राप्रपाले भने आन्तरिक निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गरेका थिएनन्।

एमसीसीविरुद्ध प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै विभिन्न राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन्। 

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले बुधबार सम्झौता खारेजीको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन्। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन्।

यस्तै, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विरोधमा सामेल थिए।

फास्ट ट्र्याकमा बजेट अभाव हुन नदिने अर्थको प्रतिबद्धता

अर्थ मन्त्रालयले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ। 

आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले बजेटले समस्या नपर्ने जानकारी दिएको हो। बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय गौरवको उक्त आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए। 

यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्न आग्रह गरे। आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो।

उपाध्यक्ष पौडेलले राष्ट्रिय गौरवको आयोजना भएकाले त्यसका लागि बजेटको अभाव हुन नदिने विषयमा अर्थ मन्त्रालयसँग पटकपटक छलफल गरिएको पनि जानकारी दिए। 

यता, रक्षा मन्त्रालयले भने तोकिएकै मितिमा आयोजना सम्पन्न गर्ने तर त्यसका लागि सरकारले बजेटको स्रोतको सुनिश्चितता गर्नुपर्ने बताउँदै आएको छ। रक्षा सचिव किरणराज शर्माले आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न बजेटको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए। 

करिब १ खर्ब ७५ अर्ब बजेट लाग्ने सो आयोजना २०८१ सालभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ। आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले सो आयोजना समयमै सम्पन्न हुने दोहोर्‍याउँदै त्यसका लागि बजेटको अभाव हुन नहुने बताए। 

चुलियो व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५१.१ प्रतिशतले वृद्धि भएको छ। उच्च दरमा आयात बढ्दा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ व्यापार घाटा भएको छ। 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत वर्ष ६ महिनामा यस्तो आयात ६ खर्ब ६१ अर्ब रुपैयाँमा सिमित थियो।

उच्च दरका बढेको आयातले विदेशी मुद्राको सञ्चितीमा गिरावट आउनुको साथै सोधानान्तर स्थिति (नेपाल भित्रिने र बाहिरिने विदेशी मुद्राबीचको अन्तर) पनि घाटामा गएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब रुपैयाँले घाटामा छ। गत वर्ष सोधानान्तर स्थिति १ खर्ब २४ अर्ब रुपैयाँले बचतमा थियो।

यस्तै ६ महिनायता रेमिट्यान्स पनि ५.५ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। यो अवधिमा ४ खर्ब ६८ अर्ब भित्रिएको छ। 

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ।

भारतबाट हुने आयात ३७.५ प्रतिशतले बढ्दा चीनबाट हुने आयात ५१.५ प्रतिशतले बढेको छ। यस्तै अन्य मुलुकबाट हुने आयात ९८.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

यो ६ महिनामा हालसम्मकै बढी १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ। यो गत वर्ष भन्दा ९५.५ प्रतिशतले बढेको हो।

गत वर्ष ६ महिनामा ६० अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। चीनतर्फको निर्यातमा भने १०.२ कमी देखिएको छ।

सरकारबाटै ठगिएको बुढीगण्डकी प्रभावितको गुनासो

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावित जनताले जग्गाको मूल्यमा सरकारबाट ठगिएको बताएका छन्।

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई मात्र हेरेकोले आयोजनाबाट प्रभावित जनताको उचित ब्यबस्थापन नगरेको प्रभावितहरुले बताएका हुन्। अहिलेसम्म सरकारले बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा वितरण गरे पनि जग्गा र त्यहाँ बनेका घर तथा अन्य भौतिक संरचनाको मूल्याङकनमा अन्याय गरेको प्रभावितहरुको आरोप छ। धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको आखुखोला खहरे बजारका प्रभावितले गोरखाको आरुघाट प्रभावित क्षेत्र र खहरेबजारको जग्गा मूल्याङकनमा समेत सरकारले पक्षपात गरेको आरोप लगाएका हुन्। 

त्यस्तै, खहरे बजार आयोजना प्रभावित साढे दुई सय घर परिवार मध्ये सबै भन्दा थोरै जग्गा कुमार बहादुर कार्कीको रहेको छ। कार्की जम्मा १ आना दुई पैसाको मात्रै जग्गा रहेको बताए। 

यता त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले प्रभावित जनताले जनप्रनिधिहरुबाट कुनै पहल नभएको भन्नेकुरा सत्यता नभएको दाबी गरेका छन्। जग्गाको मूल्याङकन गर्ने कुरा गाउँपालिकाको नियन्त्रण भन्दा बाहिरको विषय भएकाले  केही गर्न नसकिएको उनको भनाइ छ। 

स्थानीय राजनितिकर्मी नवराज तिमल्सिनाले आयोजनाले प्रभावित जनताको इच्छा, आकाशंक्षा र भलाइको लागि समेट्न नसकेको  उल्लेख गरे। 

पुलिस विजयी

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो। यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको हो।

पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा पुलिसका लागि खाता खोलेका थिए। ५३ औं मिनेटमा च्यासल लयमा फर्किने संकेत देखायो। मौसा अबगानाले  पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाएका थिए। 

७० औं मिनेटमा पुलिसका रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए। खेलमा पुलिसका दुई गोल गरेका रबिशंकर प्लेयर अफ दि म्याच चुनिएर नगद १० हजार प्राप्त गर्दा च्यासलका आशिष राईले इमर्जिङ प्लेयर चुनिए नगद १० हजार रुपैयाँ नै पाए।  

जितसँगै पुलिसले ९ खेलबाट सहिद स्मारक ए डिभिजन लिग तालिकामा १० अंक जोडेको छ। पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ भने च्यासलले ९ खेलबाट ५ अंक जोडेर १३ औं  स्थानमा रहेको छ। लिगमा अब दशौं चरणका खेल शुक्रबारबाट हुँदै छन्। 

प्रकाशित: Feb 09, 2022| 20:13 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।