सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन- ल्होत्से मलमा भएको लुटपाटमा संलग्नलाई कारवाही गर्नुस्

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा निकायका प्रमुखलाई बोलाएर उनले तोडफोड र आन्दोलनमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

चितवन-२ मा चैत २० गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

विदेश रोजगारीको बिमा रकम प्राप्ति प्रक्रियामा नठगिन बोर्डको आग्रह

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा उपचारका लागि प्राप्त हुने आर्थिक सहायता तथा बिमा रकम प्राप्तिका लागि असम्बन्धित व्यक्ति र बिचौलियाको विश्वासमा नपर्न बोर्डको आग्रह।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

लघुवित्तबाट असुलिएको अतिरिक्त सेवाशुल्कबापतको साढे १ अर्ब बढी रकम फिर्ता हुँदै

अर्थमन्त्री पौडेल, राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतका प्रतिनिधि सहभागी बैठकमा लघुवित्तले यसअघि ग्राहकबाट सेवाशुल्कका नाममा असुलेको रकम फिर्ता गर्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नागरिक उन्मुक्तिले मनाउँदै स्थापना दिवस

नागरिक उन्मुक्तिलाई एक वर्ष पहिले आजकै दिन निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

रुबी खानसहित तीन जनालाई मार्न सांसद कुर्मीले सुपारी दिएको आरोप

अभियन्ता खानसहित छानबिन समिति आन्दोलनकर्मीका सदस्य मोहम्मदशेर बादशाह, निर्मला कुर्मीको न्यायका लागि उजुरी दिएकी मनकुमारी गुर्माललाई मार्न सुपारी दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा

पर्वत, कास्कीलगायत जिल्लाको विद्युत् आपूर्ति सुधार्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

क्वात्राप्रति नतमस्तक नेताहरूलाई चित्रबहादुर केसीको धिक्कार

दुई दिनमै १४ भेटघाट सकेर बंगलादेशतिर सोझिएका भारतीय विदेश सचिव क्वात्राको नेपाल भ्रमणलाई लिएर विभिन्न कोणबाट आलोचना हुन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

मानवअधिकार आयोगलाई बलियो बनाउँछौं- प्रधानमन्त्री दाहाल

बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नेप्से निरन्तर ओरालो

साताको पहिलो कारोबार दिन आइतबारदेखि नै घटेको नेप्सेमा आज बुधबार पनि गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

आईसीसी विश्वकप लिग २ मा स्कटल्यान्डको सहज जित

नेपालसँगै नामिबिया स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा नामिबियालाई स्कटल्यान्डले १० विकेटले हराएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

अब विद्यालयमै आँखा परीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

राष्ट्रपतिबारे आधिकारिक निर्णय गर्दै माओवादी, कांग्रेसलाई सघाउने अड्कलबाजी

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सबै दलको सहमतिमा चुनिनुपर्ने बताएर सहयात्री एमालेलाई चिढाउँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

लिग २ मा स्कटल्यान्डका जि मुन्सले बनाए शतक

लिग अन्तर्गत यसअघिको खेलमा नामिबियका माइकलले शतक बनाएका थिए भने नेपालका कुशल भुर्तेलले पनि शतक प्रहार गरिसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पुर्‍याउन नसक्नु दुःखद- स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

प्रणय दिवसमा पोखिए कवि वसन्त चौधरी

स्वास्थ्य समस्यालगायतका कारण झन्डै साढे ३ वर्षको निस्क्रिय जीवनलाई चिरेर पुनः सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्ययात्राकै शैलीमा यस पटकको प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाए।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

बालाजु घटना दोहोरिए सीधै गोली चलाउन प्रहरी महानिरीक्षक सिंहको निर्देशन

बालाजु क्षेत्रमा हालै गराइएको उत्पातजस्ता घटनाको समीक्षा गर्दै आगामी दिनमा तयारी हालतमा रहन र आवश्यकताअनुरूप बल प्रयोग गर्न मातहतका निकायलाई प्रहरी प्रमुखको निर्देशन।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९