काठमाडौं महानगरपालिका कपन बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २५ वर्षीय पवन राईको घरको झ्याल फिट गर्ने क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।
धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो।
ऐनबमोजिम ६ महिनासम्म जरिमाना नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न...