लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। उनी हेलिकप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन्।
काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्।
२०४८ देखि निरन्तर चुनावी लडिरहेका/जितिरहेका देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति बनिसकेका छन्। सातौं पल्ट गृहजिल्ला डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका देउवालाई गठबन्धन, एमालेभित्रको असन्तुष्टि र हेभिवेट...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले ढोडको वैशाखी टेकेर हिँडेको टिप्पणी गरेका छन्। धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई समाजवाद भन्ने नै थाहा नभएको टिप्पणी गरे।