जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुन थालेपछि सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले मन्त्रीलाई दियो सुझाव।
नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चार जनाले आफ्नो पाँचौं जन्म दिन देख्न पाउँदैनन्। आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन्।
कांग्रेस सभापति देउवाले गत सोमबार ७१० सदस्यीय कार्यसमिति मनोनीत गरेपछि असन्तुष्ट पक्षले मुख्यालय सानेपामा समानान्तर समिति गठनका लागि विद्यार्थी भेला गरेसँगै दुई समूह नाराबाजीमा उत्रिएका हुन्।
सोमबार सभामुख घिमिरेसमेतलाई सहभागी गराएर देउवा, ओलीसँग संसद् गत्यारोध खुलाउन प्रधानमन्त्री प्रचण्डको पहलमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज फेरि बालुवाटारमा बैठक बसेको हो।
मुख्य प्रतिपक्षी एमाले नक्कली शरणार्थी, अवैध एक क्विन्टल सुन, ललिता निवास प्रकरणमध्ये सुन तस्करी प्रकरण खोतल्नुपर्ने मागसहित हात धोएर लागेको छ। अरु काण्डमा उसको बोली निम्छरो लाग्छ।