शनिबार, फागुन २३, २०८२

नीलो झन्डाले चिनाउँछ गर्भवतीको घर

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

National life
Laxmi sunrise bank
kumari

चौतारा- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ। पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नं २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीको ४५ घरधुरीमा नीलो झन्डा राखेर कार्यक्रम सुरुआत गरिएको हो।  

उक्त झण्डामा गर्भवती आमा, छ महिनासम्मका स्तनपान गर्ने बच्चा, छ महिनादेखि दुई वर्षसम्मका बालबालिका देखिने लोगो राखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाप्रमुख चेतन घिमिरेका अनुसार पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सुनौला हजार दिनका आमाका घरपहिचान तथा सचेतना कार्यक्रमअन्तर्गत झन्डा राख्ने कामको सुरुआत गरिएको हो। 

गर्भवती र दुई वर्षसम्मका सुत्केरी सुनौला हजार दिनका आमा हुन्। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झन्डा राखिएको वडा नं २ स्थित धन्सार आधारभूत स्वास्थ्यचौकीको इन्चार्ज सुभद्रा नेपालले जानकारी दिइन्। गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता र लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा नेपालकी सहजकर्ता सविता श्रेष्ठले बताइन्। 

प्रकाशित: Feb 21, 2024| 19:31 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्